site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रासाका दुई गजल 
Sarbottam CementSarbottam Cement

गजल – १

पैसा पैसा भन्दाभन्दै जिन्दगी सकिन्छ ।
     यताउता कन्दाकन्दै जिन्दगी सकिन्छ ।

     कति गर्नु काम मात्र रापिलो घाममा,
     बाँझो खेत खन्दाखन्दै जिन्दगी सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

     कहाँ कहाँ मिलाउनु बोझिलो हिसाब,
     एक दुई गन्दागन्दै जिन्दगी सकिन्छ ।

     खालि भलो चिताउनु रासाको स्वभाव,
     भलाद्मी बन्दाबन्दै जिन्दगी सकिन्छ ।

Global Ime bank

 

० ० ०

गजल – २    
                                
खोज्नु परे माया जवानीमा खोज्नू !
     खोज्नु परे दसी कहानीमा खोज्नू !

     बग्नु बग्यो सारा बाढीबीच पर्दा,
     खोज्नु परे खेत कटानीमा खोज्नू !

     कति मास्यौ कति वन जति सबै,
     खोज्नु परे रुख फँडानीमा खोज्नू !

     जस्ले गर्यो युध्द उसैलाई सोध्नू !
     खोज्नु परे ज्यान खरानीमा खोज्नू !

     छैन ‘रासा’ सित दरबार भव्य,
     खोज्नु परे घर एकानीमा खोज्नू !


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC