विदेश
ब्राजिलिया । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेका छन् । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले बिहीबार घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, “म तपाईहरूलाई भन्छु की म त्यो खोप लिन्न । यो मेरो अधिकार हो ।” रासस/एएफपी
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७ २२:१०
प्रतिक्रिया दिनुहोस्