site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
महासंघको इतिहासमा भारी मतान्तरले विजयी हुने अवसर यसपटक हामीले पाउछौँ
Sarbottam CementSarbottam Cement

चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवार छन् । भोलि शनिबार काठमाडौंका तीन स्थानमा नयाँ नेतृत्व चयनका लागि महासंघका प्रतिनिधिले मतदान गर्दैछन् । निर्वाचनको पूर्वसन्ध्यामा बाह्रखरीसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्षका उमेदवार ढकालले यसपटकको निर्वाचनमा आफूहरुले भारी मतान्तरले विजयी हुने अवसर पाएको बताए ।

प्रस्तुत छ, नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रित रहेर बाह्रखरीका लागि हिमाल पौडेलसँग वरिष्ठ उपाध्यक्षका उमेदवार ढकालले गरेको कुराकानीः

संघको निर्वाचनका लागि तपाईं जिल्ला पुगेर उद्योगी व्यवसायीलाई भेट्नुभयो । जिल्लामा जाँदा तपाईप्रति महासंघ प्रतिनिधिको प्रतिक्रिया कस्तो पाउनुभयो ?

Prabhu Bank
Agni Group
NIC Asia

निश्चय पनि हाम्रो पक्षमा निकै राम्रो माहोल रहेको पाएका छौं । कोभिडको त्रासबीच पनि हाम्रो टिम पछिल्लो पटक सुदूरपश्चिमको धनगढीदेखि पूर्वको धनकुटा (भेडेटार)सम्म पुगेर त्यसक्षेत्रका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारी भेट्यौं । स्थानीय व्यवसायीसँग पनि छलफल गर्‍यौं । यसरी अभियान अगाडि बढाइरहँदा म एकदमै उत्साहित छु । जिल्लानगरका साथीहरुले दशकभन्दा लामो समयपछि हामीले खोजेजस्तै उमेदवार पायौं भनिरहनुभएको छ । जिल्लानगरको मात्र करिब ८० प्रतिशत मत हामीले पाउने आकलन गरिसकेका छौं । 

प्रदेश एक र द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा हाम्रै उमेदवार निर्विरोध भइसक्नुभएको छ । यसैगरी वस्तुगत र एशोसिएटबाट पनि हामीलाई उस्तै राम्रो रेस्पोन्स छ ।  वस्तुगतका अधिकांश साथीहरु हाम्रै टिमबाट उमेदवार बन्न खोज्नु भए पनि कतिपय साथीहरुलाई टिममा राख्नसमेत सकेनौं र पनि उहाँहरुले उमेदवारी नदिएरै हामीलाई साथ दिइरहनुभएको छ ।

Global Ime bank

अर्को टिममा रहेका साथीहरु पनि प्राविधिकरुपमा मात्र अर्को समूहबाट उमेदवारी दिए पनि मन तपाइँहरुसँगै छ भनिरहनुभएको छ । एशोसिएटमा त मैले महासंघ आएदेखि नै सहभागी हुँदै आएको क्षेत्र रहेकाले यसमा पनि हाम्रो टिम एकदमै बलियो छ । यसरी महासंघको इतिहासमा भारी मतान्तरले विजयी हुने अवसर यसपटक हामीलाई मिल्ने अवस्था देखिएको छ ।

जिल्लामा जाँदा जिल्लाका उद्योगी व्यवसायीले दुबै पक्षलाई स्वागत गरेका छन् । स्वागत गरेकै र सभामा पुगेकै आधारमा भोट दिन्छन् भन्ने हुन्छ र ?

जिल्लानगरका साथीहरुको त्यो हार्दिकता हो । मेरो प्रतिस्पर्धी पनि महासंघको हाल उपाध्यक्ष नै हुनुहुन्छ भने उहाँलाई स्वागत नगर्ने भन्ने हुँदैन । त्यसमाथि महासंघजस्तो निजी क्षेत्रलाई सबल र सक्षम बनाउन स्वयमसेवी भावनाले खट्ने संस्थाको नेतृत्वमा पुग्ने सन्दर्भमा दुवै उमेदवारका कुरा सुनेर निर्णय गर्न जिल्लानगरका साथीहरु स्वतन्त्र हुनुहुन्छ ।

उहाँहरुले हेर्ने भनेको इस्यु र एजेन्डा तथा प्रतिवद्धताका आधारमा को सक्षम छ भन्ने नै हो । यसमा हाम्रो समूह निकै माथि छ भन्ने जिल्लानगरका साथीहरुको सार्वजनिक अभिव्यक्तिबाटै प्रष्ट भइसकेको र हाम्रो समूहलाई जिताउन स्वःस्फूर्त गठन भएका समूहबाट पनि कसलाई भोट दिनुहुन्छ भन्ने प्रष्ट भइसकेन र ?

विगतमा जस्तो यसपटक पनि महासंघमा दुईवटा प्यानल बनेको छ । तपाईंको जीतको आधार के हो ?

मेरो र हाम्रो समूहको चुनाव जित्ने मुख्य आधार भनेकै आम व्यवसायी साथीहरुको विश्वास हो । देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु तथा एशोसिएट र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट प्राप्त सहयोग र समर्थन तथा मप्रति गर्नुभएको उहाँहरुको भरोसाका आधारमा म निर्वाचनमा सफल हुनेछु भन्ने देखाएको छ ।

हाम्रो टीम अनुभवी, उत्साही र कर्मशील व्यवसायीहरुको सन्तुलित प्याकेज हो । जिल्लानगर, वस्तुगत तथा एशोसिएट तीनवटै क्षेत्रमा सक्षम तथा अनुभवी उमेदवारहरु हुनुहुन्छ । महासंघमा हामीले गएर एक्लै गर्ने होइन र यसका लागि टिम चाहिन्छ । त्यो टिम सन्तुलित र समावेशी पनि हुनुपर्छ ।  निजी क्षेत्रमा समावेशी भनेको व्यवसायको विधागत तथा भौगोलिक रुपमा क्षेत्रगत पनि हो । तपाईंले हाम्रो टिमको धरातल हेर्नुभयो भने यसमा प्रष्ट तस्बिर देख्न सकिन्छ । हाम्रो टिमका तीनजना नै उपाध्यक्ष र सदस्यहरुको जितको स्पष्ट आधार देखिएको छ । 

महासंघमा गइसकेपछि हाम्रो कुरा नै सुनिएन भन्ने गुनासो उद्योगी व्यवसायीको रहँदै आएको छ । यसपटक पनि त्यस्तो गुनासो धेरै सुनिएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको कुरा केन्द्रले किन सुन्दैन ? यो आरोप मात्रै हो कि वास्ताविकता नै हो ?

महासंघको नेतृत्वले सबै व्यवसायीका कुरा सुन्नुपर्छ । मैले पनि विगतदेखि नै धेरै व्यवसायी साथीहरुको यो गुनासो सुन्दै आएको छु । म एशोसिएटबाट उपाध्यक्ष भए पनि सबैजसो जिल्लानगरका साथीहरुसँग पहिलेदेखि नै प्रत्यक्ष सम्पर्कमा थिएँ । त्यो बेला पनि उहाँहरुले यस्तै गुनासो गर्नुहुन्थ्यो । म जब चुनावी अभियान लिएर विभिन्न जिल्लामा गएँ, त्यतिबेला उहाँहरुले भन्नुभएकै त्यही हो कि बल्ल हामीले हाम्रा कुरा सुन्ने, हाम्रो समस्यामा साथ दिने नेतृत्व पाउने अवस्था बन्न लाग्यो । यसैले जिल्लानगरको मात्र नभइ साना मझौला तथा हरेक क्षेत्रका व्यवसायीको कुरा महासंघले सुन्नुपर्छ र त्यो सुन्ने वातावरण म बनाउनेछु । 

तपाईंले मैले सबै उद्योगी व्यवसायीको समस्या, गुनासो सुन्छु भन्नुभएको छ । निर्वाचित भएर गएपछि तपाईंले उहाँहरुको कुरा सुन्नुहुन्छ भनेर कसरी आश्वस्त पार्नुहुन्छ ? 

मैले अघि पनि भनेँ म विगतदेखि नै एशोसिएटबाट प्रतिनिधित्व गरे पनि यो बीचमा देशका सबैजसो जिल्ला घुमेँ । म व्यवसायकै क्रममा पनि सबैजसो जिल्लामा गएको छु र मलाई त्यहाँको वास्तविकताबारे पनि थाहा छ ।  म सबैसँग सरल र समान रुपमा प्रस्तुत हुने स्वभावका कारणले पनि साथीहरुले मलाई रुचाउनुभएको छ । 

पदमा हुँदा एउटा व्यवहार र नहुँदा अर्को व्यवहार गर्ने प्रवृत्ति म भित्र छैन । यसैले मेरो विगतदेखिको लगाव र इच्छाशक्ति बुझ्ने साथीहरुले जिल्ला नगरका व्यवसायीको समस्या बुझ्ने सहज आकलन गर्न सक्नुहुन्छ । 

मैले एफएनसीसीआई भिजन–२०२५ मा पनि भनेको छु कि महासंघ आजको गौरवमा देशैभरिका जिल्ला र नगर उद्योग वाणिज्य संघहरूको अत्यन्तै महत्वपूर्ण भूमिका छ ।  तर, त्यो भूमिका अनुरुप यी च्याम्बरहरुको कदर र सबलीकरण हुन नसकेको महसुस उद्योगी–व्यवसायी साथीहरूमा भएको छ । त्यसैले, महासंघका प्रादेशिक, जिल्ला र स्थानीय च्याम्बरहरुलाई निर्णय स्वायत्तता दिनु आवश्यक छ । 

ती चेम्बरको क्षेत्राधिकारभित्र उद्यम–व्यवसायलाई प्रवद्र्धन गर्न सम्बन्धित तहका सरकारहरुसँग सार्थक सहकार्य गर्न सम्बन्धित च्याम्बरहरुलाई सक्षम बनाउनुपर्छ ।  यस कार्यका लागि महासंघको विधानमा नै जिल्ला, नगर र प्रदेश महासंघहरूको भूमिकालाई प्रष्ट व्याख्या गरेर सबलीकरण गर्ने मेरो प्रयास हुनेछ । 

साथमा, जिल्ला र व्यवसाय तहका सदस्यहरूको केन्द्रीय नेतृत्वसँगको पहुँचलाई सहज बनाउँदै उनीहरूका निरन्तर आइपर्ने समस्यालाई तत्क्षण सुन्ने र समाधान गर्ने संयन्त्रको विकास महासंघको केन्द्रीय कार्यालयमा गरिने छ ।

तपाईं सफल एवम् ठूलो उद्योगी व्यवसायी । तपाईंले साना उद्योगी व्यवसायीलाई कसरी मिलाएर लैजानुहुन्छ ?

म आफू पनि सानो व्यवसायबाटै सुरु गरेकाले होला मलाई साना मझौला उद्योगप्रति अत्यन्तै लगाव छ । नेपालको मौलिक व्यवसायप्रति त झन् बढी रुची छ र तिनको मौलिकता नहराउने गरी आधुनिकीकरण गर्नुपर्छ भन्ने मान्यताको पक्षपाती हुँ म । यसैले आज देशैभरका साना मझौला उद्योगी व्यवसायीसँग गएर तपाइँले मेरो बारेमा सोध्न सक्नुहुन्छ । 

साना मझौला उद्योग देशको अर्थतन्त्रको मेरुदण्डमात्र नभइ दिगो आर्थिक विकासको आधार हो भन्नेमा सन्देह छैन ।  अहिले कोरोना कहरमा पनि साना मझौला तथा स्वरोजगारमा आधारित र अनौपचारिक क्षेत्रका चार लाख उद्योग व्यवसायहरु बन्द भएको तथ्यांक सार्वजनिक भइसकेको छ । 
सानादेखि मझौला एवम् ठूला सबै प्रकृतिका उद्योग व्यवसायमा असर पारेको छ । 

तीमध्ये अधिकांश प्रत्यक्ष नगद राहत कार्यक्रमबिना पुनर्जिवित हुनै नसक्ने जोखिम देखिएको छ ।  यसर्थ, महासंघ र यसको नेतृत्वको पहिलो जिम्मेवारी बन्द भएका यी उद्योग व्यवसायहरू पुनः सञ्चालन गराउनमा केन्द्रित हुने म प्रतिवद्धता जनाउन चाहन्छु । 

महासंघलाई एक बनाउन आवश्यक छ, त्यसैले सहमतिका आधारमा अगाडि बढ्नुपर्छ भनेर पूर्वअध्यक्षहरुले सहमतिको प्रयास पनि गर्नुभएको थियो । अब सहमतिको सम्भावना सकिएको हो ?

सहमतिको सम्भावना अब रहेन । अब निर्वाचन परिणाम स्वीकारेर महासंघलाई एक बनाउनेगरी अघि बढ्नु नै श्रेयसकर हुनेछ । सहमतिको प्रयास ढिलो गरी भएकाले पनि परिणाम दिन नसकेको हुनसक्छ । यद्यपि सहमति नहुँदैमा आकाश नै खसिहालेको छैन । महासंघको छवि बचाउन हामीले प्रजातान्त्रिक संस्कार र स्पोट्र्सम्यानसीपको भावना भने देखाउनैपर्छ । 

महासंघलाई तपाईँ किन आवश्यक छ ?

म महासंघलाई किन आवश्यक छ भन्ने मेरो अवधारणा र एजेन्डा अर्थात एफएनसीसीआई भिजन–२०२५ मार्फत प्रष्ट पारेको छु । 

मैले आफ्नो उम्मेदवारीसँगै नेपाल उद्योग वाणिज्य महासंघको विरासतलाई अझ उजिल्याउने, महासंघलाई मुलुकभरका उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान गर्न थप सक्षम बनाउने र यसको प्रभावकारिता राष्ट्रिय आर्थिक निर्णयहरुसम्म विस्तार गर्ने आवश्यकतालाई केन्द्रविन्दुमा राखेर संस्थागत रुपान्तरणको ‘एफएनसीसीआई भिजन–२०२५’ अवधारणा अगाडि सारेको छु ।

अहिले निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने हो । महासंघको दीर्घकालीन उद्देश्य प्राप्तिका लागि दरिलो अधारशीला खडा गर्न पनि म मैदानमा आएको हो । यसबाहेक अहिलेको संकट समाधान गर्ने सामथ्र्य राख्ने भएकाले पनि महासंघमा मेरो र हाम्रो समूहको नेतृत्व आवश्यक छ ।

साधारण सभामा आउने देशभरका उद्योगी व्यवसायीलाई तपाईं के भन्न चाहनुुहुन्छ ?

महासंघ तपाइँ हामी सबैको साझा संस्था हो । यसको नेतृत्वको कार्यशैलीसँग सिंगो निजी क्षेत्रको प्रतिष्ठमात्र जोडिएको छैन कि नेपाली अर्थतन्त्रको भविष्य पनि गाँसिएकाले तपाइँहरुले मतदानमा विवेक पुर्‍याउनुपर्छ ।  महासंघलाई निजी उद्यम व्यवसायको हितरक्षा, औद्योगीकरणको प्रवद्र्धन र अर्थतन्त्रलाई उल्लेख्य योगदान पु¥याउन सक्ने र त्यस कार्यका लागि सरकार एवम् सबै सरोकारवालाहरुबीच सहज समन्वय गर्न सक्षम एक गतिशील नेतृत्वको आवश्कता छ । 

वरिष्ठ उपाध्यक्षका रुपमा मैले आपूmलाई त्यो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने विश्वास म सबैलाई दिलाउन चाहन्छु । मैले यसअघि व्यवसायीहरूको विश्वासकै कारण महासंघको एसोसियटतर्फको उपाध्यक्षको भूमिका निर्वाह गर्ने अवसर पाएँ ।  यो भूमिकालाई मैले जिम्मेवारीपूर्वक सम्पन्न गरेको अनुभूति तपाइँ उद्यमी व्यवसायी मित्रसहित शुभचिन्तक, सञ्चारकर्मीलगायत सबै सरोकारवालाहरुले दिनुभएको कदर र हौसलाले मलाई भएको छ । महासंघको नेतृत्वमा रहेर थप योगदान गर्नका लागि प्रेरित गरेको छ । 

मेरो उमेदवारीको मूल आधार यही हो । मुलुकभर उद्यम व्यवसाय प्रवद्र्धन, प्रोत्साहित गर्न र स्थापित उद्यम व्यवसायहरुको उन्नति एवं व्यवसाय विस्तारका लागि सघाउन महासंघको नेतृत्व प्रत्यक्ष रुपले क्रियाशील हुनुपर्छ ।  यो हाम्रो राष्ट्रिय जिम्मेवारी बहन गर्न म हरतरहले तत्पर छु र सबै उद्यमी व्यवसायी साथीहरुको अमूल्य मत पाउने कुरामा विश्वस्त छु । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC