प्रवास
काठमाडौं । साइप्रसमा रहेका नेपालीहरुमा कोरोनाभाइरसको दर तीव्र भएको छ । साइप्रसका लागि नेपाली अवैतनिक वाणिज्यदूतावास तथा साइप्रसस्थित विभिन्न संघसंस्थाहरुबाट प्राप्त जानकारीअनुसार विगत केही दिनदेखि साइप्रसमा संक्रमण बढेको दूतावासले जनाएको हो । साइप्रसमा रहेका धेरै नेपालीे स्वास्थ्य अवस्था सामान्य भएता पनि केहीको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको साइप्रसका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले एक विज्ञप्ति जारी गर्दै जनाएकी छिन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७ ०८:२९
प्रतिक्रिया दिनुहोस्