site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाको तेस्रो लहरबाट गुज्रिरहेको दक्षिण कोरियामा फेरि उच्च संक्रमण 
Sarbottam CementSarbottam Cement

एजेन्सी । दक्षिण कोरियामा बिहिबार एकैदिन ५८३ नयाँ कोरोना संक्रमितहरु फेला परेका छन् जुन मार्च पछिकै सबैभन्दा उच्च दर भएको बताइएको छ । सामाजिक दुरी लगायत विभिन्न कडाइ अपनाइरहेको भएपनि दक्षिण कोरिया यतिबेला कोरोनाको तेस्रो लहरबाट नराम्ररी प्रभावित भइरहेको छ । 

यस्तोमा सरकारले राजधानी सिओल र आसपासका क्षेत्रमा यसै हप्तादेखि पुनः सामाजिक दुरी सम्बन्धी नयाँ कडाइ लागू गरेको हो । दोस्रो लहरको संक्रमणपछि एक महिना अगाडि मात्र त्यहाँ कोरोना सम्बन्धी बन्देजहरु खुकुलो पारिएको थियो । विज्ञहरुका अनुसार सरकारले नियम खुकुलो पार्नमा धेरै हतार गरेकाले यस्तो भइरहेको छ । मार्चपछि पहिलोपटक त्यहाँ दैनिक ५०० बढी संक्रमितहरु थपिरहेका छन् जसमा यसपाली युवाहरुमा बढी फैलिएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मानिसहरुले सामाजिक दुरी, अनिवार्य मास्क लगायत नियमहरु राम्ररी पालन नगरेमा डिसेम्बर सम्मै संक्रमण सङ्ख्या दैनिक ४०० देखि ६०० ले बढ्दै जाने कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, केडीसीएका वरिष्ठ अधिकारी लि साङवनले चेतावनी दिएका हुन् ।  उनले भनेका छन् , “हामी यतिबेला अति कठिन तेस्रो लहरको संक्रमणबाट गुज्रिरहेका छौँ । र यसपटकको संक्रमण युवा र सक्रिय वर्गमा केन्द्रित भएको हुँदा यसलाई नियन्त्रण गर्न धेरै गाह्रो परिरहेको छ । ” 

देशभरका विभिन्न सैन्य क्षेत्रहरुमा पनि भाइरस तिव्र रुपमा फैलिएपछि यसअघि सेनाहरुलाई १० दिनसम्मका लागि बेस छाडेर जानबाट प्रतिबन्ध लगाइएको थियो । त्यस्तै सौना, स्कुल, एरोबिक सिक्ने ठाउँ, चर्च, बालबालिकाहरुको क्याफे लगायत मानिसहरु धेरै जम्मा हुने स्थलबाट पनि धेरै संक्रमितहरु फेला परिरहेका छन् । स्वास्थ्य मन्त्री पार्क नङहोले यसबारे स्वास्थ्यकर्मीहरुसँग बसेको बैठकमा बोल्दै भनेका हुन्, “कोभिड–१९ अहिले हाम्रो घर र परिवारकै छेउमा आइपुगेको छ । र यसमा पनि युवा पुस्तामा यसको फैलावट अधिक आश्चर्यजनक देखिएको छ । ” 

Global Ime bank

प्रायः युवाहरु संक्रमित हुँदा कुनै लक्षण नदेखाउने भएकाले पनि कोरोना नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । यही कारण सरकारले विद्यार्थीहरुलाई प्राइभेट टिउसन, अतिरिक्त स्कुलका कक्षा लगायत नजान आग्रह गरिरहेको छ । आगामी डिसेम्बर ३ मा हुने कलेज इन्ट्रान्सको अधिक महत्वपूर्ण परीक्षाका लागि कोरियामा अहिले देशभरका विद्यार्थीहरु तयारी गरिरहेका छन् । यसअघि शिक्षा मन्त्री यु उन–हेले पनि देशभरका झन्डै ५ लाख विद्यार्थीले सुरक्षित रुपमा परीक्षा दिन पाऊन् भनेर सबै नागरिकहरु समक्ष बिन्ती गर्दै बाहिरी क्रियाकलाप सकेसम्म सीमित गर्न भनेका थिए ।

दक्षिण कोरियामा बिहिबारसम्म संक्रमण सङ्ख्या ३२ हजार ३१८ रहेको छ भने ५१५ को मृत्यु भएको छ । – रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC