site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

केही दिन यता देशका विभिन्न सहरमा राजाका पक्षमा भड्किला जुलुस प्रदर्शन गरिएका छन् । यस्ता जुलुसमा राजतन्त्रका पक्षमा चर्को नारावाजी हुनेगरेको छ  । यस्ता जुलुसहरूबाट राजाको निरंकुश शासनका समर्थक र हर्ताकर्ताहरू निकै उत्साहित भएको देखिन्छ । यस्ता जुलुसहरूमा हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने चलाखी राजा समर्थकहरूले गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि अप्रत्यक्षरूपमा जनमत बनाउने प्रयत्न गरेको देखिन्छ । अर्थात्, यस्ता जुलुसहरूका माध्यमबाट दोस्रो जनआन्दोलनका सबै उपलब्धिविरुद्ध जनमत बढेको देखाउन खोजिएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण उपायहरू अपनाउने अधिकार हुन्छ । नेपालको संविधानले पनि यस्तो अभ्यास गर्ने स्वतन्त्रता नेपाली नागरिकलाई दिएको छ । यही कारणले सरकारले यस्ता प्रदर्शनहरू नरोकेको हुनुपर्छ । लोकतन्त्रमा संविधानले दिएको अधिकारको शान्तिपूर्ण अभ्यास गर्न रोक्नु पनि हुँदैन ।  

व्यक्तिप्रतिको वितृष्णाले जन्माएका आक्रोशलाई शासन प्रणालीकै अलोकप्रियताका रूपमा व्याख्या गर्नु सही हुँदैन । यसैले अहिले देशका केही सहरमा राजाका पक्षमा निकालिएका जुलुसहरू हेरेर संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा वितृष्णा उत्पन्न भएको निष्कर्ष निकाल्न मिल्दैन । कोभिड—१९ को महामारीलगायतको व्यवस्थापनमा सरकारले देखाएको निकम्मापन र बदनियतका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको सरकारप्रति जनतामा चर्को वितृष्णा उत्पन्न भएको छ । प्रमुख विपक्ष नेपाली कांग्रेसले पनि जनतालाई आकर्षित गर्नसक्ने नेतृत्व वा सुझबुझ देखाउन सकेन । अरू कुनै पनि राजनीतिक दलको जनस्तरमा प्रभाव पार्ने राष्ट्रिय हैसियत देखिँदैन । सम्भवतः यिनै कारणले जनतामा वर्तमान अव्यवस्थाका कारण निराशा उत्पन्न भएको हुनुपर्छ । र, राजतन्त्रका समर्थकहरूले यही बेला राजाका पक्षमा जनमत बनाउने र शक्ति प्रदर्शन गर्ने मौका छोप्न खोज्नु रणनीतिक दृष्टिबाट अस्वाभाविक होइन । 

नेपाली जनताले आफ्ना प्रतिनिधिहरूमार्फत् बनाएको संविधानले नै देशबाट राजतन्त्र हटाएको हो । राजाका पक्षमा बलियो जनमत भएको भए राजतन्त्र समर्थकहरू संविधान सभामा नै उल्लेख्य संख्यामा चुनिएर आउने थिए । हिन्दु धर्मका पक्षमा रहेको जनमतलाई राजतन्त्र समर्थकका रूपमा देखाउने प्रयास गरिए पनि यथार्थमा राजतन्त्र र हिन्दु धर्म एकअर्काका परिपूरक भने हैनन् । हिन्दु धर्मका पक्षमा रहेको जनमतलाई छाड्ने हो भने राजतन्त्र समर्थकहरूको संख्या नगण्य हुनेछ । नेपालबाट राजतन्त्र समाप्त हुँदाका बखतका राजा ज्ञानेन्द्र वीरविक्रम शाहले विनाझमेला दरबार छाडेर गएपछि उनीविरुद्धको जनआक्रोश मत्थर भएको हो । नत्र, जनआन्दोलनमा उनका विरुद्ध निकै चर्को नारा लागेको अहिल्यै सबैले पक्कै बिर्सेका छैनन् । सरकारप्रति वितृष्णा बढ्दैमा नेपाली जनता राजतन्त्र फर्काउन राजी हुन्छन् भन्ने कसैले पनि नठाने हुन्छ । नेपाली जनता लोकतन्त्र र राष्ट्रियताका विषयमा कसैसँग पनि कहिल्यै सम्झौता गर्दैनन् । यसैले यस्ता प्रतिगमनका पक्षमा देखिने जनमतलाई सरकारले निषेध गर्नु जरुरी छैन । तर, यसलाई सरकार र प्रमुख विपक्षप्रति जनताको वितृष्णाको सूचकका रूपमा भने लिनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति रहेको जनसमर्थन बलियो बनाउन सरकार, सत्तारुढ दल र प्रमुख विपक्षी नेपाली कांग्र्रेसको छविमा सुधार हुनु आवश्यक छ भन्ने सत्ता र विपक्षको शीर्ष नेतृत्वले मनन गरून् !  
 
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC