site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रधानमन्त्रीले उद्घाटन गर्ने, तीन ठाउँमा मतदान, कोरोना संक्रमितले पनि मतदान गर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । चुनावी साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वेभिनार’मार्फत उद्घाटन गर्नेछन् । मंसिर ११ गते विहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा मंसिर १२ गते जुम प्रविधिबाट हुने बन्दसत्र संचालन हुने छ । यस्तै निर्वाचन तथा मतदान १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।

उद्योग वाणिज्य समूहको मतदान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहतर्फको कार्की व्याङकेट माइतीघरमा र बस्तुगत संघ समूहको महासंघको सचिवालय, टेकुमा हुने छ । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफंैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने पनि महासंघले जनाएको छ । त्यस्ता मतदाताहरु भए आफैं वा आफ्नो संस्थामार्फत यथाशक्य चांडो निर्वाचन समितिलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ उपाध्यक्षसहित जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फको उपाध्यक्ष एवं कार्यकारी समिति सदस्यका लागि प्यानलसहित नै दुई वटा समूह बनेको छ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच निर्वाचन हुने छ । ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

 प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरु पनि प्यानलमै आवद्ध भएका छन् ।

Global Ime bank

 ६४ पदका लागि १२४ जनाको उमेद्वारी

वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि १२४ जनाको उमेद्वारी परेको छ । दुईजना कार्यसमिति सदस्य भने निर्विरोध चयन भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला/नगर तथा एसोसिएटतर्फ एक÷एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२४ जनाको उमेद्वारी परेको हो ।

जिल्ला/नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेद्वारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २८ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३१ जनाको उमेद्वारी परेको छ । एकजना संस्थागत समूहका लागि तीनजनाको उमेद्वारी परेको छ । प्रदेशतर्फ वागमती र लुम्बिनी प्रदेशबाट तीन/तीन जनाको उमेद्वारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ६ र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेद्वारी दिएका छन् । 

केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट संदीप अग्रवाल निर्विरोध चयन भइसकेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC