बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
२०१६ मा पेरिस जलवायु सम्झौता हस्ताक्षर गरेका जोन केरी वातावरणदूतमा नियुक्त हुँदै 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, मंसिर १०, २०७७
Laxmi Bank
Laxmi Bank

बीबीसी । पूर्वअमेरिकी राज्यसचिव जोन केरीलाई विशेष वातावरणदूतका रुपमा नियुक्त गर्ने राष्ट्रपति निर्वाचित बाइडेनको टोलीले जानकारी दिएको छ । सोमबार बाइडेनको टोलीले शीर्ष पद नियुक्तिका लागि सार्वजनिक गरेका व्यक्तिहरुमा केरीको नाम पनि आएको हो । यस निर्णयले जलवायु परिवर्तनको विषयमा अमेरिकाको भूमिका वृद्धि गर्ने विश्वास गरिएको छ । 

बाइडेनले सोमबार यस सम्बन्धी बयानमा भनेका हुन्, “विश्व नेतृत्वकर्ताका रुपमा अमेरिकालाई पुनः स्थापित गराउन मैल पहिलो दिनदेखि नै आफ्नो टिमलाई तयार राख्नुपर्ने हुन्छ । किनकि हामीले आउँदा दिनहरुमा अत्यन्तै ठूला चुनौतिहरुको सामना गर्नुछ र सुरक्षा, समृद्धि, मूल्यमान्यता सबैमा सुधार ल्याउनुपर्ने हुन्छ ।” 

Agani Group

को हुन् जोन केरी ?

जोन केरीले ओबामाको दोस्रो कार्यकालमा राज्य सचिवको कार्यभार सम्हालेका थिए र बाइडेनका नजिकी सहकर्मी पनि हुन् ।  वातावरण दूतको विशेष पद मार्फत उनले अब फुल–टाइम जलवायु परिवर्तनका समस्या एवम् चुनौतिहरु विरुद्ध लड्ने बताइएको छ । 
केरीले २०१६ मा पनि अमेरिकाको प्रतिनिधिका रुपमा पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गरेका थिए । 

sarbottam cement

सो सम्झौता अन्र्तगत सबै सहभागी राष्ट्रहरुले पृथ्वीको तापमान वृद्धि हुन रोक्नका लागि आवश्यक कदम उठाउन प्रतिबद्धता जनाउँछन् ।  तर ट्रम्प प्रशासनको अवधिमा भने सो सम्झौताबाट औपचारिक रुपमा बाहिरिने अमेरिका पहिलो देश बनेको हो जसलाई बाइडेनले आफू नियुक्त हुनासाथै पुनः समावेश गराउने वचन दिँदै आएका छन् । 

ट्रम्पले जलवायु परिवर्तनका समस्यालाई मिथ्या बताउँदै वैज्ञानिकहरुको भनाइसँग असहमत धारणा राख्ने गरेको पाइन्छ जसकारण पनि उनको प्रशासन जलावायु सम्झौता र वातावरण अनुकूल नीतिहरुबाट पछि हट्दै आएको छ ।  तर बाइडेनले भने विज्ञानमाथि पूर्ण भरोसा जनाउन आह्वान गरि विज्ञहरुको कुरा बढी सुन्नमा जोड दिने गरेका छन् ।

आफ्नो नयाँ भूमिका सम्बन्धी ट्वीट गर्दै केरीले भनेका हुन्, “अब अमेरिकासँग त्यस्तो सरकार हुनेछ जसले जलवायु संकटलाई राष्ट्रिय सुरक्षाको खतरा समान मानेर, समस्या समाधान गर्नेछ ।”  २००४ को राष्ट्रपति चुनावमा केरी त्यसबेलाका रिपब्लिकन उमेदवार जर्ज डब्लू बुशबाट पराजित भएका थिए । र २०२० को राष्ट्रपति दौडमा भने उनले बाइडेनसँगै चुनाव प्रचार अभियानमा सहभागिता जनाएका हुन् । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, मंसिर १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्