site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दस्तावेजलाई तल पठाउँदै नेकपाका बहुमत समूह, नेपालको मत- ओलीको पत्र पनि लैजाऔं
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाभित्रको रडाको अब विधिवतरूपमै तलतल पुग्ने भएको छ । बहुमत समूहले कात्तिक २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव मातहतका कमिटीमा बहसका लागि पठाउन लागेका हुन् ।

“सचिवालयमा पेस भएका दस्तावेज पार्टी कार्यालयका तर्फबाट प्रकाशन गरिएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले बाह्रखरीसँग भने । बहुमत समूहले प्रदेश र जिल्ला कमिटीसम्म बहस, जानकारीका लागि दस्तावेज पठाउन लागेको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दस्तावेज तल पठाउने सन्दर्भमा माधव नेपालले सुझाव राखेका छन् । उनले दस्तावेज प्रकाशन गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रलाई पनि समावेश गर्नुपर्ने बताएका छन् ।

“पहिलो फायर केपी ओलीले बैठक बोलाउन सहमति माग गरेको पत्रको जवाफ लेखेर खोलेका हुन्, त्यो पत्र सँगै पठाउनुपर्छ भन्ने उहाँको सुझाव थियो,” नेपालनिकट स्रोतले भन्यो ।

Global Ime bank

सचिवालय बैठक ओलीको जवाफ कुरेर बसिरहेको छ । तर, दस्तावेज तल पठाएसँगै नेकपाको केन्द्रमा रहेको विवाद विधिवतरूपमा आधारतभूत तहसम्म विस्तारित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC