site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वमाओवादीका नेताहरूलाई प्रचण्डको प्रस्ट सन्देश- पार्टी एकताकै पक्षमा छु, प्रस्ताव फिर्ता हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको बताएका छन् ।

पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने र पार्टीमा देखिएका समस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूको जिकिर छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन कुरिरहेको पनि बताएका थिए । र, पार्टीको भाग्य र भविष्य त्यसैले निर्धारण गर्ने पनि उनको भनाइ रहेको नेताहरू बताउँछन् ।

रायमाझीले पनि दुवै दस्तावेज केन्द्रीय कमिटी र आवश्यक पर्दा महाधिवेशनको थलोसम्म लैजानुपर्ने नै बताउँछन् ।

Global Ime bank

“दुवै दस्तावेज केन्द्रीय कमिटीमा लैजानुपर्छ । त्यहाँबाट सुझावहरू आउँछ । विवाद समाधान गर्ने उपाय आउँछ,” उनी भन्छन्, “एक आपसमा कति आरोप हुन्, कति साँचो हुन् सदस्यहरूले छान्ने मौका पनि पाउँछन् । बहसले राम्रै गर्छ ।”

उनले पार्टी एकता नटुटोस भनेर आफूहरूले भूमिका खेलिरहेको पनि जानकारी दिए । विशेषतः मध्यधारका नेताहरू दुई अध्यक्ष मिलेर जानुपर्ने बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC