site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफ्नो व्यवसायमा सफल व्यक्तिले महासंघमा काम गर्न सक्छन् 
Ghorahi CementGhorahi Cement

प्रदीपजंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । अध्यक्षमा निर्वाचित भएर पनि महासंघबाट टाढा बस्न बाध्य भए । तर, उनले महासंघको गतिविधिलाई भने नजिकबाट नियालिरहेका छन् । आसन्न महासंघको चुनावी साधारण सभा, आगामी नेतृत्व, आगामी दिनमा महासंघको भूमिकालगायतका विषयमा पाण्डेसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी : 

कोभिड १९ को विषम परिस्थितिमा छौं । अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ ? 

अहिलेको अवस्था सबै क्षेत्रमा तरलता छ । तरलता भन्दा सबैले कोभिडलाई दोष दिन्छन् । सबैले कोभिडले यसो गर्‍यो, कोभिडले उसो गर्‍यो भन्छन् । हो, कोभिडले असर नगरेको होइन असर गरेको छ । कतिपय कुरा आफ्नो काबुभन्दा बाहिरको परिस्थिति पनि छ । सम्हालिएर काम गर्न सक्नुपर्ने छ । अहिलेको बेलामा आफुलाई टिकाउनुपर्ने छ । 

Agni Group

अहिले बाँच्न सक्यो, उद्योग व्यवसायलाई निरन्तरता दिन सक्यो भने कमाइ भनेको पछिको दिनमा होला । कमसेकम आफूलाई टिकाएर मात्रै भए पनि अगाडि बढाउन सक्यो भने हामीले अवसर पाउछौं । सधैभरी कोभिड रहने भन्ने पनि हुँदैन । आगामी दिनमा हामीले राम्रै गर्न सक्छौं । योजनाबद्ध रुपबाट, संयम भइ अहिलेको अप्ठ्यारोलाई चिरेर जान सक्नुपर्छ, त्यो गर्न सक्ने हो भने आगामी दिन राम्रै हुन्छ, आत्तिनुपर्ने हुँदैन । 

पूर्वअध्यक्षको रुपमा नेपाल उद्योग वाणिज्य महासंघको चुनावलाई कसरी हेर्नु भएको छ ? 

Global Ime bank

अहिले म त्यो विषयबाट परै छु । राजनीतिक तरलता छ, त्यसैगरी जुन प्रणालीबाट काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । उद्योग वाणिज्य महासंघ पनि यहीँभित्र पर्छ । महासंघमा जुन किसिमबाट काम हुनुपर्ने हो, त्यो भएको जस्तो मलाइ लाग्दैन । 

प्रजातान्त्रिक पद्धतिमा चुनाव हुनुपर्छ, चुनाव हुन्छ । जसले अहिलेको अवस्थालाई सम्हाल्न सक्छ, जसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको हित एवं सम्पूर्ण व्यवसायीको हितमा भिजनका साथ काम गर्न सक्छ, त्यसले राम्रो गर्न सक्छ । होइन, महासंघमा त्यत्तिकै जाने मात्रै हो भने केही पनि परिणाम आउँदैन । त्यो किसिमको क्षमता, प्रतिबद्धता, त्यो किसिमको कार्यकुशलता भएको हुनुपर्छ । 

महासंघ जुन तरिकाले अगाडि बढ्नुपर्ने थियो, जुन प्रभावकारिता महासंघले देखाउनुपर्ने थियो, त्यहि प्रभावकारिताका साथ महासंघले काम गर्दै आएको छ वा फरक पाउनुभएको छ ?

यो त आम व्यवसायी, सरोकारवाला वा अन्य सम्बन्धित पक्षले मूल्यांकन गर्नुपर्ने विषय हो । त्यो मूल्यांकन तपाईँले गर्न सक्नुहुन्छ । म पूर्वअध्यक्षको हिसाबले कसैलाई खोट लगाउने कुरा हुँदैन । मैले भन्नुभन्दा पनि आम व्यवसायी, सरोकारवालाहरुले सहि मूल्यांकन गर्न सक्यो भने आउने पिँढीलाई पनि बल पुग्छ, हौसला प्रदान गर्दछ ।  

कुनै काम–कुरा भएको छैन भने भएको छैन भन्नुपर्छ । राम्रो भएको छ भने त्यसलाई निरन्तरता दिनुपर्छ । कहिँ सुधार आवश्यक छ भने सुधार गर्नुपर्छ । आफ्नो व्यवसाय र आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । त्यसरी काम गर्न सक्यो भने हुन्छ, त्यसरी काम गर्न सकेन भने जसरी सरकारमा शून्यता छ, उद्योगी व्यवसायीमा पनि काम गर्ने वातावरणमा खिन्नता आएको छ । महासंघ पनि त्यस्तै भएर जान्छ कि जस्तो लाग्छ । त्यसैले अलिकति परिवर्तन, नयाँ सोंच र आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।

विगतमाजस्तो यसपटकको निर्वाचनमा पनि दुईवटा प्यानल बनेको छ । विगतको अनुभवलाई समेत हेर्दा प्यानल बनाएर चुनावमा जाँदा महासंघ कमजोर बनेर जाने उद्योगी व्यवसायीले नै भनेका छन् । यसलाई तपाईँले कसरी हेर्नुभएको छ ? 

अहिले जो उमेद्वार हुनुहुन्छ उहाँहरुले नै मूल्यांकन गर्नुभएको छ । महासंघ कमजोर भएको छ, महासंघलाई बलियो बनाउन मेरो उमेदवारी भन्नुभएको छ । निर्विरोध गर्न सके त राम्रो हो । तर चुनाव प्रजातान्त्रिक प्रक्रिया हो । यसमा दुई–तीनवटा कुरामा ख्याल भने गर्नैपर्ने हुन्छ । महासंघ एउटा ठूलो संस्था हो । महासंघको गरिमा ठूलो छ । तर, जुन महासंघको गरिमा र ओज कायम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन भन्ने कुरा स्वयम् उमेदवारले नै भनेको अवस्था छ । जसको महासंघप्रति लगाव छ, काम गरेको छ भन्ने मूल्यांकन त निर्वाचनमा मत हाल्नुहुनेहरुले गर्नु नै हुन्छ होला । 

महासंघको विगतका चुनावलाई हेर्दा निर्वाचनपछि पनि चुनावको ह्याङ्गओभर नहट्ने ? चुनावपछि पनि एकले अर्कोलाई सिध्याउन खोज्ने पनि देखियो । विगतको जस्तो परिस्थिति अहिले पनि दोहोरियो भने महासंघ झन् कमजोर हुन्छ नि, होइन ?

त्यो त आगामी दिनले देखाउला । अहिले यो पनि गर्छु त्यो पनि गर्छु भन्छन् । कतिपय ठाउँमा के देखिन्छ भने धेरै पुराना मान्छेहरु त्यही केन्द्रीय सदस्यमा उठेको देख्छु । १० वर्ष, १५ वर्ष उही ठाउँमा उठेर पहिला गर्न नसकेको मान्छेले अहिले के गर्ने हो ? पदका लागिमात्रै महासंघमा जान खोजेको पनि देखिन्छ ।  १५, १६ वर्ष केही गर्न नसकेको मान्छेले अहिले फेरि के गर्न सक्छ ? पहिला पनि त केही गर्न सक्नु भएन नि । पहिला किन अगाडि आउन सक्नुभएन ? आउने, काम गर्ने मान्छेलाई ठाउँ छ । त्यसैले पदका लागि मात्रै महासंघमा जाने पनि देखिन्छ । 

महासंघले राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता पाएको छ । त्यसैले पनि यसको गरिमा ठुलो छ । त्यसको ओजन र गरिमा जोगाई राख्न अहिले आउने पिँढी वा फेरि निर्वाचित हुने व्यक्तिहरुले विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाइ लाग्छ ।

यसपटकको महासंघको साधारणसभामा देशभरबाट आउने उद्योगी व्यवसायीलाई तपाईँको सुझाव के छ ? 

उद्योग व्यवसायमा लागेको मान्छेले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि समष्टिगत राष्ट्रको आर्थिक नीतिलाई उभो लगाउन, सम्पूर्ण उद्योगी व्यवसायीलाई बचाइराख्नको लागि भएका समस्या निराकरण गरी उद्योगी व्यवसायीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयलाई अंगिकार गर्ने, अहिले कोभिडले पनि असर गरेको त्यसलाई पनि चिरफार गर्न सक्ने सक्षम व्यवसायी चाहिन्छ । 

उद्योग, व्यवसायमा सफलता प्राप्त गरेको व्यक्ति चाहिन्छ । आफ्नै उद्योगमा सफलता प्राप्त गर्न सकेको छैन भने त्यसले केही गर्न सक्दैन । उद्योग व्यवसाय कसरी गरेको छ, राम्रो छ वा छैन त्यो कुरा ख्याल गर्नुपर्छ । आफ्नो उद्योग व्यवसायमा सफल भइसकेको व्यक्तिले काम गर्न सक्छन् । 

त्योबाहेक पनि अहिलेको समस्यालाई चिर्न सक्ने, आफ्नो निजी स्वार्थ, आफ्नो व्यक्तिको उद्योगको स्वार्थभन्दा पनि राष्ट्रिय हित, सम्पूर्ण उद्योग व्यवसायलाई अगाडि बढाउन सक्ने भिजन, क्षमता, प्रतिबद्धता गरी काम गर्न सक्ने हुनुपर्छ । होइन भने उही पदकै लागि मात्रै जाने हो भने दुईवर्ष, तीनवर्ष खेर जान्छ, केही पनि हुँदैन । अहिले काम गर्न सक्ने र काम गर्न कठिन दुबै अवस्था छ । त्यसका लागि प्रतिबद्ध भएर काम गर्नुपर्ने हुन्छ, त्यस्तो व्यक्ति चाहिन्छ । 

महासंघको आगामी नेतृत्वको चुनौती के हो ? ती चुनौती सामना गर्न के के कुरामा ध्यान दिनुपर्ने देख्नुभएको छ ? 

पहिलो त उद्योग व्यवसायले निरन्तरता पाउनुपर्‍यो । दोस्रो, निरन्तरतासँगसँगै विकास पनि गर्न सक्नुपर्‍यो । त्यसका लागि आफ्नो भिजन, प्रतिबद्धता, कार्य क्षमतासहित अलि बढी त्याग र तपस्या चाहिन्छ । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष भनको ‘प्रेसिडेन्ट इलेक्ट’ हो । प्रेसिडेन्ट इलेक्टको महासंघमा ठूलो भूमिका हुन्छ । उसले अर्को कार्यकालका लागि के गर्ने, सम्पूर्ण योजनाको खाका तयार गर्नुपर्छ । आफ्नो योजना तयार गर्ने, आफू पनि आवद्ध भएर देखिएका तयार गर्ने, भएका समस्या समाधान गर्ने, आउँदो तीनवर्षमा आफ्नो व्यवसायभन्दा पनि महासंघ र समग्र उद्योगी व्यवसायीका लागि काम गर्नुपर्छ । त्यस्तै महासंघलाई समय दिन सक्ने व्यक्ति पनि हुनुपर्छ । त्यो क्षमतावान पनि चाहियो, भिजन पनि चाहियो, समय पनि दिन सक्नु हुनुपर्‍यो, आफ्नो मूल्यांकन पनि गर्न सक्नुपर्‍यो । 

सरकारलाई सही सल्लाह दिने महासंघले नै हो । जब आफैँ ठिक छैन, आफैँले गर्न सकेको छैन भने सरकारलाई सल्लाह, सुझाव के दिने ? सरकारलाई पनि सही सल्लाह दिन सक्नुपर्‍यो । सम्पूर्ण उद्योग व्यवसायलाई पनि बचाइराख्न सक्नुपर्‍यो । बचाइराख्ने मात्रै होइन अगाडि पनि बढाउन सक्ने हुनुपर्‍यो । अहिले ठुलो चुनौती पनि रहेकाले त्यस्तो किसिमको क्षमतावान, प्रतिबद्धता, त्यस्तो किसिमको व्यक्तित्व भएको व्यक्ति हुनुपर्छ । वरिष्ठ उपाध्यक्ष भनेको प्रेसिडेन्ट इलेक्ट भएकाले भूमिका ठुलो रहन्छ । त्यसैले आफ्नो तीन वर्षको कार्यकालका लागि योजना बनाउने, काम गर्न सक्ने वातावरण बनाउन सक्ने हुुनुपर्छ । 

महासंघलाई एकताबद्ध बनाउनुपर्छ भनेर नै पूर्वअध्यक्षहरुले सहमतिको प्रयास गर्नुभएको छ, सहमतिका लागि तपाईँले पनि भूमिका खेलिरहनुभएको होला । आजको दिनसम्म आउँदा सहमति हुन सक्ने सम्भावना देख्नुभएको छ ? 

जब चुनाव आउँछ, अनि मात्रै सहमतिको प्रयास गर्ने होइन । सहमतिका लागि सुरुदेखि नै काम गर्नुपर्छ । अन्तिम अवस्थामा आएपछि सहमति गराउन गाह्रो हुन्छ । सहमति गराउन सक्नु राम्रो हो । एकताबद्ध कायम गर्नु राम्रो हो । सहमति शब्द जति मिठो छ तर त्यसका लागि काम गर्न त्यति नै गाह्रो पनि छ । सहमति गराउने हो भने पहिलेदेखि नै प्रयास गरिनुपर्दथ्यो । आजभन्दा डेढ दुई वर्षदेखि नै सहमति गराउन सकेको भए राम्रो हुन्थ्यो । अन्तिम समयमा पनि सहमति गराउन सके त राम्रो हो तर अन्तिम अवस्थामा सहमति गराउन गाह्रो हुन्छ जस्तो मलाई लाग्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC