site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमित गर्भवती र सुत्केरीमा मानसिक समस्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं असनकी २७ वर्षीया सकुन्तला श्रेष्ठलाई गत भदौ १८ गते कोरोना संक्रमण देखियो । उनी कोरोना संक्रमण देखिएको समयमा ४१ हप्ताकी गर्भवती थिइन् । उनी डेलिभरी हुन काठमाडौं मेडिकल कलेज (अस्पताल) पुग्दासम्म कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । तर लक्षण नदेखिए पनि डेलिभरी गराउनुभन्दा अघि चिकित्सकले कोरोना परीक्षण गराए । परीक्षणको तेस्रो दिनमा सकुन्तलाले नसोचेको रिपोर्ट आयो । उनी कोरोना पोजेटिभ भइन् । 

“म कोरोना संक्रमण हुने डरले चिकित्सकसँग नियमित फोन सम्पर्कमा थिए” उनी आफूलाई कहाँबाट कोरोना संक्रमण सरेको समेत थाहा नभएको बताउँदै सकुन्तला भन्छिन्, “म डेलिभरी हुनुभन्दा एक महिना अघिदेखि घरमै बसेकी थिए ।”

कोरोना संक्रमण देखिएपछि निकै डर र त्रास बढेको सकुन्तलाले सुनाइन् । काठमाडौं मेडिकल कलेज (अस्पताल) की स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जोस्‍ना शर्माले भनिन्,“व्यथा नलागेर पाठेघरको मुख नखुलेपछि व्यथा लगाएर सुत्केरी गराउनुभन्दा अघि पीसीआर परीक्षण गर्दा सकुन्तलामा कोरोना पोजेटिभ देखिएको थियो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सकुन्तलाको गर्भमा बच्चा समेत उल्टो बसेको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शर्माले जानकारी दिइन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शर्माका अनुसार एक महिनादेखि घर बाहिर ननिस्केको बताउने ती महिला आफूलाई कहाँबाट संक्रमण भयो भन्‍ने विषयले निकै चिन्तित थिइन् ।

“पहिलो बच्चा भएकाले कोरोनाले आफ्नो बच्चालाई केही होला भनेर निकै डराएकी थिइन् तर हामीले कोरोनाका बारेमा राम्रोसँग काउन्सिलिङ गरेका थियौं,” स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शर्माले भनिन् । अस्पताल भर्ना गरेको दोस्रो दिन शल्यक्रियाबाट स्वस्थ बच्चा निकालिइएको उनले जानकारी दिइन् । उनका अनुसार शीशुलाई श्रीमानले घर लिएर गएका थिए । 

Global Ime bank

आमाको पनि स्वास्थ्य अवस्था राम्रो भएपछि पाँचौ दिनमा होम आइसोलेसनमा बस्‍नका लागि डिस्चार्ज गरिएको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शर्माले बताइन् ।

अनामनगरकी २५ वर्षीया पुष्पा यादवलाई असोज तेस्रो साता कोरोना संक्रमण देखिएको थियो । उनी कोरोना संक्रमण देखिएको समयमा ३० हप्ताकी गर्भवती थिइन् । कोरोना पुष्टि हुनुभन्दा अघि जिउँ दुख्‍ने र ज्वरो आउने समस्या देखियो । आफूलाई देखिएको समस्या  नियमित चेकजाँच गर्दै आएका परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका चिकित्सकलाई सुनाइन् । 

चिकित्सकले कोरोना परीक्षण गर्न सुझाए । उनी सोही अस्पतालमा आएर कोरोना परीक्षणका लागि स्वाब दिइन् र घर गइन् । 

तर उनको ज्वरो एकको-दुई भएन । अझ डर लाग्‍ने र निन्द्रा नलाग्‍ने समस्या पनि थपियो । स्वाब दिएको दोस्रो दिन बेलुका पुष्पालाई कोरोना पोजेटिभ देखिएको मोबाइलमा घण्टी बज्यो । तर होम आइसोलेसनमा बस्‍न नमिल्ने भएपछि प्रसुती अस्पतालको आइसोलेसनमा भर्ना भइन् ।

“गर्भमा रहेको बच्चालाई कोरोनाले असर गर्ने हो कि भन्‍ने चिन्ता र तनावले निकै सतायो” उनी भन्छिन् । गर्भवती अवस्थामा राम्रो र सकारात्मक कुरा मात्र सोच्‍ने भन्छन् तर आफूलाई कोरोना संक्रमण देखिएपछि रातभर निन्द्रा नलाग्‍ने, मनमा अत्यधिक कुरा खेल्ने र डर लाग्‍ने मात्र भएको उनी सुनाइन् । उनले भनिन्, “आइसोलेसनमा बस्दा कोरोना संक्रमणबाट ज्यान गएको सुन्दा अत्यधिक डर लाग्दो रहेछ ।”

यता, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका चिकित्सक डा. कृतिपाल सुवेदीले कोरोना संक्रमित गर्भवती तथा सुत्केरीमा अन्य सुत्केरी र गर्भवतीमा भन्दा बढी मानसिक समस्या देखिएको बताउँछन् । गर्भवती तथा सुत्केरीमा मानसिक तनाव हुनुहुँदैन् तर कोरोनाले यस्ता व्यक्तिमा एक प्रकारको मानसिक तनाव दिएको उनले बताए । 

उनका अनुसार कोरोना संक्रमण नदेखिएका सुत्केरीले रोजेको अस्पतालमा डेलिभरी हुन्छन् । तर कोरोना पुष्टि भएका गर्भवतीले नियमित चेकजाँच गरिहेको चिकित्सकले अन्य अस्पतालमा रिफर गरिदिने र अन्य अस्पतालमा पनि चिकित्सकले डेलिभरी राम्रोसँग नगर्दिने वा शीशुमा समस्या देखिने हो कि भन्‍ने चिन्ता कोरोना संक्रमित गर्भवतीमा बढी देखिन्छ ।

“कोरोनाका संक्रमण देखिएपछि सुत्केरी हुनलाई अस्पताल जाँदा भर्ना नलिने हुन कि भने डर बढी देखिएको छ,”उनले भने, “नियमित गर्भजाँच गराइरहेको ठाउँमा कोरोना देखिएपछि चेकजाँच पनि नगर्ने गर्दा अझ तनावको समस्या बढ्ने गरेको देखिन्छ ।”

“कोरोना पुष्टि भएका गर्भवतीलाई अन्य समस्या देखिएको छैन भने दुई हप्ता अस्पताल तथा होम आइसोलेसनमा राखेपछि मात्र डेलिभरी गराउने गरेका छौँ,” उनले भने । कोरोना संक्रमण देखिएकी आमाले शीशुलाई स्तनपान गराउँदा अनिवार्य मास्कको प्रयोग गर्न डा. सुवेदीको सुझाव छ । 

चिकित्सकहरुका अनुसार लकडाउन (बन्दाबन्दी) मा गर्भवतीलाई पौष्टिक आहारको कमी हुनु, संक्रमणको डरका कारण मानसिक तनाव हुनु, समयमै अस्पतालसम्म पुग्‍न नसक्नुजस्ता विभिन्‍न कारणले गर्भवती तथा सुत्केरीले समस्या भोग्‍नु परेको थियो । 

गत चैतदेखि असोजको २८ गतेसम्ममा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा ४६ जना कोरोना संक्रमितले डेलिभरी सेवा लिएका छन् । जसमा २० जना कोरोना संक्रमित गर्भवतीले शल्यक्रियाबाट शीशुलाई जन्म दिएका छन् भने र २६ जना कोरोना संक्रमित गर्भवतीले नर्मल डेलिभरी शीशुलाई जन्म दिएका अस्पतालको तथ्यांकमा उल्लेख छ । 

अस्पतालकी प्रशासन कायमुकायम रानु थापाले नियमित फलोअपमा आउने तथा अन्य अस्पतालमा सेवा नपाएर आएका १६ कोरोना संक्रमित गर्भवतिले सेवा लिएका बताइन् । दुई जना सुत्केरीपछि घर गएर विभिन्न समस्या देखिएपछि अस्पताल भर्ना  भएका थिए ।  तर उपचारकै क्रममा मृत्यु भयो  । उनीहरुमा पनि मृत्यु पश्चात कोरोना संक्रमण देखिएको  अस्पतालले जनाएको छ ।

आकस्मिक शल्यक्रिया गर्नुपर्ने गर्भवतिलाई अस्पतालले कोरोनाको आशंकामा राख्छ । उनीहरुको तुरुन्तै शल्यक्रिया गरिएपनि रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखिने प्रसासन का.मु थापाले जानकारी दिइन् । अस्पतालमा आएका विभिन्न शल्यक्रिया पश्चात  २४ जनामा कोरोना पुष्टि  भएको  अस्पतालको तथ्याकंमा उल्लेख छ ।

कोरोना संक्रमण देखिएका गर्भवति र सुत्केरीमा अस्पतालमा पनि राम्रो सेवा नपाइने हो कि  भने डरले मानसिक समस्या बढाएको मनोविद्ध करुणा कुवर बताउँछिन् । कोरोना पुष्टि भएका सुत्केरीहरुमा आफ्नो बच्चालाई कोरोना सर्छ कि भने चिन्ता हुने गरेको देखिन्छ । उनलेभनिन्,“कोरोना देखिएपछि अस्पतालहरुले भर्ना नलिने हो कि भन्ने एक प्रकारको डरका कारण मानसिक समस्या देखिने गरेको छ । ”

नियमित गर्भजाँच देखि अन्य स्वास्थ्य जाँचको सेवा लिइरहेको अस्पतालमा भर्ना हुँदा पनि अन्य बिरामी जसरी सेवा नपाइने हो कि भने चिन्ता हुने,निन्द्रा नलाग्ने र अत्यधिक तनाब हुने लगायतका एन्जाइटीका समस्याहरु देखिएको उनले जानकारी दिइन् । उनले भनिन्, “कोरोना संक्रमण देखिएका गर्भवतिहरुलाई अस्पतालमा हुदाँ चिकित्सकले वास्ता नगरेजस्तो लाग्ने,एकदमै डर र चिन्ता लाग्ने गरेको देखिन्छ ।”

सरकारले गर्भवति र सुत्केरीलाई राम्रोसँग अस्पताल जाने व्यवस्था गरिदिएमा यस्ता समस्या हट्ने  उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC