site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यसवर्षको अमेरिकी चुनाव खर्च ऐतिहासिक ! ट्रम्पको ‘रातो–क्याप’मा मात्र ८० लाख डलर लगानी 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकाको सन् २०२० निर्वाचनमा प्रचारकै लागि मात्र झन्डै १४ अर्ब डलर खर्च भएको रिपोर्ट गरिएको छ ।  राष्ट्रपति एवम् अमेरिकी कंग्रेसका सयौँ सदस्य छनोट गर्न यसपटक मतदान गर्ने नागरिकहरुको सङ्ख्या पनि उत्तिकै धेरै थियो ।  तर कोरोना महामारीका कारण यसवर्षको चुनाव अभियान अरुबेलाको भन्दा धेरै फरक देखिए पनि राजनीतिक सक्रियतामा भने कुनै कमी आएन । जसकारण यसवर्षको चुनाव प्रचार अभियानमा प्राप्त ‘डोनेसन रकम’ ले सबै रेकर्ड तोडेको छ । 

यसमा ट्रम्प र बाइडेनबाहेक अन्य राष्ट्रपति उमेदवारहरुले मात्र प्रचार अभियानमा यो वर्ष ६.६ अर्ब डलर खर्च गरेका छन् ।  यो भनेको पछिल्ला दुई निर्वाचनमा भएको खर्चलाई मिलाउँदा पनि धेरै हुन्छ । 

महामारीका कारण परम्परागत रुपमा सञ्चालन गरिँदै आएको चुनाव अभियानका कार्यक्रम केही सीमित हुन पुग्दा योपटक विशेषगरी मिडियामा बढी खर्च गर्नुपरेको हो । यसमा टेलिभिजनको विज्ञापन उमेदवारका लागि अत्यन्तै लाभदायक माध्यम हुने गर्दछ । जस्तै गत फेब्रुअरीमा भएको ‘सुपरबल’ खेलका बीचमा ट्रम्पले ३० सेकेन्डको विज्ञापनकै लागि लाखौँ डलर खर्च गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यता डिजिटल विज्ञापनले पनि उमेदवारहरुबाट बढ्दो प्राथमिकता पाइरहेको छ ।  यसमा दुवै पक्षले सामाजिक सञ्जालका मतदाताहरुलाई लक्षित गर्दै २० करोड डलर खर्च गरेका हुन् । त्यसैगरी चुनाव अभियानमा खटाइएका स्टाफहरुको पारिश्रमिकमा पनि अधिक लागत गरिएको छ ।  जस्तै बाइडेनले, आफ्नो चुनाव अभियानमा नियुक्त सयौँ कर्मचारीहरुमा ५ करोड डलर भन्दा धेरै खर्च गरेका हुन् । 

यसमा ट्रम्पले चाहिँ उनी्भन्दा थोरै २ करोड डलर लगानी गरेका छन् ।  त्यस्तै ट्रम्पको चुनाव प्रचार अभियानमा प्रयोग भएको चर्चित ‘रातो–क्याप’ लगायत सबै चुनावी सरसामानहरुमा २०२० को फाइलिङ अनुसार ८० लाख डलरभन्दा बढी खर्च भएको छ ।  अमेरिकी कंग्रेसमा पद ग्रहण गर्ने सम्बन्धी पनि योपटक धेरै चर्को प्रतिस्पर्धा थियो जसमा देशभर सयौँ आशावादी उमेदवारहरु उठेका हुन् । २०२० मा यसको कूल खर्च ७ अर्ब डलर बराबर रहेको बताइएको छ ।  

Global Ime bank

कहाँबाट आयो त यति धेरै पैसा ?

यो सबै पैसा अभियानका क्रममा नागरिकहरुले दैनिक दिने गरेको २०० डलर वा सो भन्दा कम ‘डोनेसन’ बाट आएको हो ।  २०२० को चुनावमा साधारण नागरिकहरुले दैनिक डोनेसनबाटै २० प्रतिशत आर्थिक योगदान पुर्याएका छन् । तर धेरै प्रतिशत रकम, धनाढ्य वर्गबाट आएको छ ।  यसमा पनि चुनाव अभियानलाई सीधै दान गर्नुपर्दा व्यक्तिगत रुपमा २८०० डलरसम्म मात्र दिन पाइन्छ । 

तर चुनावका लागि अन्य तरिकाबाट पनि आर्थिक सहयोग गर्न मिल्छ ।  उमेदवार र तिनका पार्टीहरुले प्रायः एक संयुक्त कोष संकलन समिति निर्माण गर्ने गर्दछन् जसमा चुनावका लागि कति दान गर्न पाउने भनेर सीमित रकम तोकिएको हुँदैन ।  सो समितिले धनाढ्य दानकर्ताहरुका लागि आलीसान भोजभतेरलगायतका लक्जरी कार्यक्रम आयोजना गर्ने गरेको रिपोर्ट गरिएको छ । 

यसमार्फत एकैरातमा १ करोड डलरसम्म पनि उठाउन सकिन्छ ।  यति मात्र नभएर २०१० देखि स्वतन्त्र समुहहरुले पनि असिमित रकम संकलन गर्न पाउने भएका हुन् ।  यसमा विभिन्न कम्पनी, कोर्पोरेट, संघहरु लगायत व्यक्तिगत रुपमा राजनीतिक गतिविधिहरुलाई आर्थिक सहयोगका गर्न सकिन्छ ।  सो समूहलाई ‘सुपर प्याक’ भनिन्छ जसलाई उमेदवारसँग सीधै सहकार्य गर्न चाहिँ अनुमति हुँदैन र केबल तिनको पक्ष या विपक्षमा अधिवक्ताको काम गर्न सक्नेछन् ।  

बाहिरी समूहबाट योगदान आउने क्रम पनि बढिरहेको छ । जुन २०१६ को तुलनामा योवर्ष दुई गुणाले बढेको छ ।  यसले नै बाइडेनलाई ट्रम्प भन्दा बढी सहायता दिलाएको बताइएको छ । चुनाव अभियानलाई डोनेसन दिने सम्बन्धी अरु पनि विभिन्न नियमहरु छन् ।  जस्तै केबल अमेरिकी नागरिक र स्थायी वासिन्दाले मात्र आर्थिक सहयोग गर्न पाउँछन् । तर अन्य देशहरुमा जस्तो अमेरिकामा राजनीतिक अभियानका लागि कूल कतिसम्म खर्च गर्न पाउने भन्ने सीमित रकम तोकिएको छैन । 

यसरी प्रत्येक वर्ष अमेरिकी निर्वाचन झन झन महङ्गो बन्दै गएको छ ।  यसमा पनि २०२० को समस्त लागत् सन् २००० को भन्दा चार गुणा बढी छ ।  यसको अर्थ विश्वको सबैभन्दा शक्तिशाली पद ग्रहण गर्न सहज र सस्तो छैन ।  जुन कुरा यो वर्ष पनि अपवाद साबित भएन । दुवै प्रमुख उमेदवारले ह्वाइटहाउसमा स्थान हासिल गर्न आफूले सकेजतिको अधिक लगानी गरेका हुन् । बीबीसी
  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC