site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिला आरोपको फायर केपी ओलीले खाेलेका हुन्, प्रचण्डले त जवाफ मात्रै दिएका हुन् : माधव नेपाल
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझ जटिलतातर्फ लम्किँदैछ । अन्तरसङ्घर्षले कतै विभाजनमा पुगेर विश्राम लिने त होइन भन्ने आशङ्का पनि छँदैछ ।

पार्टी महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै प्रस्ताव फिर्ता लिएर संवादमा बस्न आग्रह गरेका छन् । शुक्रबार मात्रै संसदीय दलका उपनेता सुवास नेम्वाङले त्यही आग्रह गरे । प्रचण्डले पार्टी एकताको जुइनो खुस्किइनसकेको जवाफ दिएर पठाए ।

Agni Group

सचिवालय बैठकमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजलाई निकै घटिया आरोप बताए । “यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन । कहिल्यै कसैले यस्ता आरोपहरु लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ,” उनले सचिवालय बैठकमा भनेका थिए ।

तर, वरिष्ठ नेता माधवकुमार नेपाल आरोपको सिलसिला प्रधानमन्त्री ओलीबाटै सुरु भएको बताउँछन् । फायर प्रधानमन्त्रीबाटै खोलिएको नेता नेपाल बताउँछन् ।

Global Ime bank

“अहिले फायर केपी ओलीले सुरु गरेको हो, पार्टी अध्यक्ष ओलीलाई हामी पाँचजनाले सही गरेर चिट्ठी दिनुपर्ने अवस्था किन आयो ? किन बन्यो ? यसको कारण खोज्नु पर्दैन ? उहाँ खोज्नुहुन्न,” नेता नेपालले सञ्चारकर्मीहरूसँगको भेटमा भने, “उहाँले बैठक बोलाउन चाहनुभएन । प्रचण्ड हत्तु हुनुभयो । ओली भन्नुहुन्छ– पहिले सहमति गरौं । त्यस्तो पनि हुन्छ ? सहमति, सहमति होइन, बैठक अनिवार्य शर्त हो ।”

पाँचपाँचजना नेता बैठकको माग गर्न जाँदा ओलीले अपमान गरेको पनि बताए । लिखित पत्र बुझाउनुपर्ने अवस्थाको कारण खोतल्नुको सट्टा दस पेजको आरोपपत्र तयार पारेको बताए । “आरोपपत्र उहाँले सुरु गरेको हो,” उनले सञ्चारकर्मी सामु दोहोर्याउँदै भने, “प्रचण्डलाई मात्रै होइन, सचिवालयका पाँचै जनालाई आरोप लगाउनुभएको छ । प्रचण्ड कमरेडले त्यसको प्रतिवाद मात्रै गर्नुभएको हो ।”

१९ पृष्ठको प्रतिवेदनमा कुनै गल्ती भए बैठकमै आएर छलफल गर्नुपर्ने नेपालको भनाइ छ । “उहाँ ३८ पेजको तयारी गर्नुहुन्छ भनेर अर्कोले ७६ पेजको तयारी गर्छ,” उनी भन्छन् । 

नेता नेपालले प्रस्ताव फिर्ता होइन कमिटीमा छलफल हुने पनि जानकारी दिए । सचिवालयको अर्को बैठक मङिसर १३ गतेलाई तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC