बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कक्षा १२ को प्रश्‍नपत्र निर्माण हुँदै
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, मंसिर ४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुँदै छ । कोरोना भाइरसको महामारीबीच हुन लागेको परीक्षाको तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ ।

गत वर्ष ११ सय ४७ परीक्षा केन्द्र रहे पनि यसपटक भने चार हजार एक सय पाँचवटा केन्द्र रहनेछ । परीक्षा आफू पढेकै विद्यालयमा हुने भएकाले केन्द्र बढेको कार्यालयले जनाएको छ । उत्तरपुस्तिकाहरू परीक्षा केन्द्रमा पुगिसकेको र अनलाइनबाट पठाउने प्रश्‍नपत्र निर्माण भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

Agani Group

परीक्षा सञ्चालन गर्न स्वास्थ्य प्रोटोकल पालना गराउन स्थानीय तहसँग समन्वय गरी परीक्षा केन्द्रमा केन्द्रसँग भनेर हेल्थ डेस्क अनिवार्य राख्न सिफारिस गरेको शर्माले बताए । साथै कोरोना सेन्टर रहेका विद्यालयलाई निर्मलीकरण गर्न स्थानीय तहलाई निर्देशन दिइसकेको पनि उनको भनाइ छ । यस्तै, अनिवार्य मास्क लगाउनुपर्ने तथा स्यानिटाइजरको प्रयोगको लागि व्यवस्था गरिनुपर्ने उनले बताए । “यसका लागि सातै प्रदेश र परीक्षा केन्द्रका केन्द्राध्यक्षसँग भर्चुअल बैठक बसिरहेका छौं । त्यहाँबाट आएका सुझावलाई आत्मसात् पनि गरेका छौँ, ” उनले भने । कोरोना संक्रमित विद्यार्थीले पछि परीक्षा दिन सक्नेछन् । तर त्यसका लागि कोरोना संक्रमितको रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ । शर्माका अनुसार अहिलेसम्म कोरोना संक्रमित विद्यार्थी भने सम्पर्कमा आएका छैनन् । 

कोरोना भाइरसको महामारीका बीच गाउँघर फर्केका विद्यार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा दिन सकिने व्यवस्था केन्द्रले गरेको छ । यसका लागि विद्यार्थीलाई एक महिनाअगाडि नै सूचना आह्‌वान गरिएको थियो । जसअन्तर्गत करिब १४ हजार विद्यार्थीले आफूलाई पायक पर्ने विद्यालयमा परीक्षा दिन निवेदन दिएको नियन्त्रक शर्माको भनाइ छ । यसरी परीक्षा दिनेमा काठमाडौँमा पढिरहेका विद्यार्थीको संख्या बढी छ ।

sarbottam cement

कुल पूर्णांकको ४० नम्बरका लागि परीक्षा हुन लागेको हो । यस्तै, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कुल प्राप्तांकलाई बाँकी ४० नम्बरमा गणना गरी अंक जोडिनेछ । कक्षा १२ को नतिजामा कक्षा ११ को पनि नतिजा जोडिने भएपछि यसअघि कक्षा ११ परीक्षा भएको थियो ।

परीक्षा हुने १ घण्टाअगावै प्रश्‍नपत्र पठाइने र विद्यालयले फोटोकपी गरी विद्यार्थीहरूमा बाँड्नेछन् । वैशाख ८ मा हुने भनेको परीक्षा कोरोना भाइरसका कारण स्थगित भएको थियो । परीक्षामा नियमित र आंशिक गरी चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदै छन् । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, मंसिर ४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्