site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तेल चोर्न फल्स सिलिङ, ट्यांकर कम्पनी वीर वेताललाई १५ लाख जरिवाना
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेल चोर्न ट्यांकरमा फल्स सिलिङ राख्‍ने वीर बेताल आशीर्वाद कम्पनीलाई नेपाल आयल निगमले १५ लाख रुपैयाँ जरिवाना गराएको छ । चोरी गर्ने मनसायले चेम्बरभित्र पाता वेल्डिङ गरेर अर्को चेम्बर राख्‍ने कम्पनीलाई निगमले तत्कालका लागि सो रकमबराबरको जरिवाना गराएको हो ।

कम्पनीका नाममा रहेका दुईवटा ट्यांकरमा यस्तो कार्य गरेको पाइएको हो । कम्पनी प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्याञ्‍जनकारका नाममा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निगमको वाग्मती प्रादेशिक कार्यालय थानकोटमा इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिएको २०/२० हजार लिटर क्षमताको ना.२ख ३६३९ र ना.७ख २९९५ लाई डिपोमा कार्यरत कर्मचारीहरुबाट खाली गरी जाँच गर्ने क्रममा मापदण्डविपरीत थप अर्को फल्स चेम्बर जडान गरेको भेटाएका थिए । निगम कर्मचारीलाई सुराकीले यसबारे जानकारी दिएका हुन् ।

प्रारम्भिक जाँचमा यस्तो पाइए पनि निगमले विनियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाएको हो । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले प्रचलित कानुनअनुसार थप कारबाही गर्न गुणस्तर तथा नापतौल विभालाई जानकारी गराएको जानकारी दिए । उनका अनुसार विभागले गाडी सिल गरे थप थप अध्ययन गरिरहेको छ ।

Global Ime bank

उपाध्यय भन्छन्, “ट्यांकरको बाहिरबाट हेर्दा फल्स सिलिङ सहजै देखिँदैन । तर, ट्यांकर खाली गर्ने क्रममा अर्को चेम्बर पाइएको हो ।” यो कार्य पूर्ण रुपमा तेल चोर्ने अभिप्रायले गरिएको उनको भनाइ छ ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC