site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी सचिवालय समस्या सिर्जना गर्ने थलो बन्यो : महासचिव पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन् ।

पार्टीको ‘कोर अफ दी लिडरसिप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ । पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, ‘‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्‍न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउन सक्षम, प्रभावकारी, नेतृतवदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्‍न खडा हुन्छ ।’’

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताए । उनले भने, ‘‘यदी हामी यो ढंगले भूमिका निर्वाह गर्न अक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ । हामीले यति मात्रै गर्न सक्यौँ योभन्दा बढी गर्न नसक्ने भयौँ । हाम्रो अभिभारा ठीक ढंगले पूरा गर्न नसक्ने भयौं । त्यसैले तपाईंहरु जिम्मेवारी सम्हाल्न तयार हुनुस् हामी पदमुक्त हुन्छौँ  ।’’

Global Ime bank

हिजो (बुधबार) को सचिवालय बैठकमा समेत जिम्मेवारी ठीक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छाड्नुपर्ने धारणा आफूले राखेको महासचिव पौडेलले बताए । पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु भइरहेको बताए । ‘‘सीमाबाहिर, मर्यादाबाहिरका, तथ्यबाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिएन । पार्टी तथ्यको जडमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस् । त्यसका लागि अगाडि बढौँ भन्‍ने मेरो चाहना हो त्यहीअनुसार जिम्मेवारी पूरा गर्न चाहन्छु ।’’

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC