site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खोसिएकै हो प्रचण्डको कार्यकारी अध्यक्ष ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो वर्ष, आजकै दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा कार्यकारी अध्यक्षको ‘अख्तियारी’ पाएका थिए ।

पार्टी एकतादेखि नै सह-अध्यक्षको भूमिकामा खुम्चनुपरेको भन्दै विस्तीर्ण जिम्मेवारी खोजिरहेका थिए । मङ्सिर ४ गतेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षमा बढोत्तरी गर्दै उनलाई पार्टी सञ्चालकको जिम्मेवारी दिएको थियो ।

“अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने,” सचिवालय बैठकको दोस्रो नम्बरको निर्णयमा भनिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रचण्डले सचिवालय बैठकको एउटा पनि अध्यक्षता गर्न नपाएको गुनासो साम्य भएन । चौथो स्थायी कमिटी बैठक र दोस्रो केन्द्रीय कमिटी बैठकमा खेलेको भूमिका र नेतृत्वसिपका कारण ओलीले प्रचण्डलाई कार्यकारी अधिकार दिन नचाहेको उनी पक्षको बुझाइ थियो ।

गत भदौ २६ गते सकिएको स्थायी कमिटीको पाँचौं बैठकले कार्यकारी अध्यक्षको थप व्याख्या गरेको थियो । र, प्रचण्ड समग्र पार्टी काममा केन्द्रित हुने भनिएको थियो ।

Global Ime bank

“अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने । अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने । अध्यक्षद्वयले पार्टी र सरकारबीचको आपसी सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने । सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल तुल्याउने,” स्थायी कमिटी बैठकले निर्णय गरेको थियो । अन्तरपार्टी निर्देशन, अपानिमार्फत तल सर्कुलर गरिएको थियो ।

डेढ महिना नबित्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कार्यकारी अधिकार खोस्दै एकतायता प्रचण्डसँग भएका सहमति एकतर्फी भङ्‍ग गरेको घोषणा गरेका छन् । पुनः प्रचण्ड दोस्रो नम्बरको अध्यक्षमा घटुवा भएको बताएका छन् ।

बुधबारको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले सहमति, समझदारीहरूको विधिवत् अन्त्य भएको बताएका हुन् ।

पार्टी एकता, स्थायी कमिटी बैठकको निर्णयअनुसार बैठकमा दुवै अध्यक्षको सहमतिमा प्रस्ताव ल्याउनुपर्छ । तर, प्रचण्डले त्यसको सीमा-सर्त- मिच्दै आरोप र अभियोग पत्र ल्याएकाले त्यसले एकतापछिका सबै समझदारी खारेज गरेको ओलीको बुझाइ छ । उनले बैठकमा भने, “अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्‍यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ ।”

ओलीनिकट नेताहरू पनि त्यही व्याख्या गर्छन् । प्रचण्डको अलग बाटो र बहुमतको बाटो हिँड्ने चाहनाले ओलीसँग सहमति खारेज गरेको उनीहरू बताउँछन् । अबको नेकपाको बाटो के हुन्छ भन्नेमा उनीहरू अन्योलग्रस्त छन् ।

“अबको बाटो के हुन्छ भनेर त यसै भन्न सकिँदैन । प्रचण्डले नै एकताको आधार भत्काइसक्नुभएको छ । पहिलो अध्यक्षमाथि हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरूले भरिएको प्रस्ताव ल्याएपछि सँगै एउटा पार्टीमा बस्ने आधार सकियो । आगामी यात्रा ओलीले ल्यााउने प्रस्ताव र त्यसको आधारमा हुने छलफलले निर्धारण गर्ने छ । यति हो, पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अध्यक्षको भूमिका उहाँले नै भत्काउनुभयो,” ओलीनिकट एक नेता भन्छन् ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC