बीबीसी । डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ सिस्टमको आलोचना गर्दै मेसिनकै कारण लाखौं भोट नोक्सान भएको दाबी गरेका छन् । यो भोटिङ मेसिन डोमिनियन भोटिङ सिस्टम्स नामक कम्पनीले तयार गर्दछ ।
ट्रम्पले अनेक प्रकारका आरोपहरु लगाएका छन्, जस्तै कि ती मेसिनहरुबाट भोट डिलिट गरिएकोदेखि उनका विपक्षीहरुले कम्पनीमा अनुचित प्रभाव राखे ।
के हुन् ट्रम्पका दाबी र दाबीमा कति बल छ ?
ट्रम्प : ‘डोमिनियनले देशभर हाम्रा २० लाख भोट डिलिट गर्यो’
ट्रम्प आफ्ना समर्थक र रूढिवादी समाचार नेटवर्क ‘आउटलेट वन अमेरिकन न्युज नेटवर्क’ (ओएएनएन) को समाचारका आधारमा यस्तो दाबी गरिरहेका छन् । समाचारमा लेखिएको थियो, “देश भर राष्ट्रपति ट्रम्पका लागि हालिएका लाखौं भोटे डिलिट गरियो ।”
ओएएनएनको समाचारमा चुनावको निगरानी गर्ने एक ग्रुप एडिसन रिसर्चको तथ्य जाँच नभएको डाटा प्रयोग गरिएको छ ।
तर, कम्पनीका अध्यक्ष लैरी रोसीनले भने, “एडिसन रिसर्चले त्यस्तो कुनै समाचार लेखेको छैन र हामीसँग भोटिङमा धाँधली गरिएको कुनै प्रमाण पनि छैन ।” ओएएनएनले पनि आफ्नो दाबीका बारेमा कुनै प्रमाण उपलब्ध गराएको छैन । ट्रम्प र उनका समर्थक फोक्स न्युजको एक् समाचार पनि शेयर गरिरहेका छन् । जसमा एंकर शान हेनिटीले डोमिनियन भोटिङ मेसिनले महत्वपूर्ण राज्यहरुम ट्रम्पका भोेटहरु जो बाइडेनको भोटमा परिणत गरेको दाबी गरेका छन् ।
उक्त रिपोर्टमा मिशिगनको एन्ट्रिम काउन्टी क्षेत्रमा देखिएको समस्याका बारेमा उल्लेख गरिएको छ । जहाँ डोमिनियन मेसिनहरु प्रयोग गरिएको थियो । दाबी गरिएको छ कि यसरी नै अन्य काउन्टीमा पनि सफ्टवेयरमा समस्या भएको हसन सक्छ । एन्ट्रिम काउन्टीमा समस्या आएको थियो तर त्यो समस्या डोमिनियनको सफ्टवेयरमा भने थिएन । मिशिगनका सेक्रेटरी अफ स्टेट जोसलीन बेनसनले उक्त समस्या मानवीय त्रुटिका कारण भएको बताएका छन् ।
एन्ट्रिम काउन्टीका क्लर्कले मेसिनमा रिपोर्टिङ फंक्सन सही तरिकाले चालु गरेका थिएनन् । सोही कारण सुरुवाती नतिजा आएको थियो । जहाँ बाइडेनले तीन हजार मतले जीत हासिल गरेका थिए । निर्वाचन अधिकारीहरुले यो पारम्परिक रिपब्लिकन क्षेत्रमा असामान्य नतिजा देखिएपछि रिपोर्टिङ फंक्शन फेरि चालु गरेका थिए । पछि गणना हुँदा ट्रम्प अढाई हजार मतले विजयी भएका थिए ।
बेनसनले सुरुवातमै गल्ती पत्ता लागेको र पछि त्यसलाई सुधार गरिएको बताएका छन् । सुरुवाती चरणमै गल्ती पत्ता नलागे पनि गल्ती पत्ता लगाउन चेकिङ सिस्टम राखिएका कारण पछि पनि गल्ती पत्ता लाग्न सक्ने उनको भनाइ छ ।
उनले भने, “राज्यमा यस्तो गल्ती अन्य ठाउँमा भएको भन्ने बारेमा यस्तो कुनै प्रमाण छैन ।”
एंकर शान हेनिटीले जर्जियाको पनि नाम लिएका छन्, जहाँ डोमिनियन मेसिनको अत्यन्तै प्रयोग भएको थियो । तर, जर्जियाका सेक्रेटरी अफ स्टेटले केही स्थानमा गणनामा ढिलाइ भए पनि सफ्टवेयरले भोतको सही गणना गरिएको बताएका छन् ।
डोमिनियन भोटिङ सिस्टम्सले पनि बयान जारी गर्दै भनेको छ, “डोमिनियनका बारेमा भोेट परिवर्तन गर्ने र डिलिट गर्ने जुन दाबी गरिएको छ त्यो शतप्रतिशत गलत छ ।”
ट्रम्प : ‘वामपन्थी दलहरुको हो डोमिनियन भोटिंग सिस्टम्स’
ट्रम्पको यो दाबीमा कुनै सत्यता छैन । यो कम्पनी ‘वामपन्थी दल’ को होइन । कम्पनीले विगतमा रिपब्लिकन र डेमोक्रेट दुबैका लागि चन्दा दिएको छ । ट्रम्प रेडिकल लेफ्ट भनेर कसका बारेमा कुरा गरिरहेका छन् भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन । सायद उनी अनलाइन फैलाइएको दाबीतर्फ इशारा गरिरहेका छन् । जसमा भनिएको छ– कम्पनीको सम्बन्ध क्लिन्टन परिवार र अन्य डेमोक्रेट नेताहरुसँग छ, त्यसमा स्पीकर नेन्सी पलोसी पनि समावेश छन् ।
डोमिनियन भोटिङले एक बयान जारी गरेर कम्पनी निष्पक्ष अमेरिकी कम्पनी भएको र पलोसी परिवार वा क्लिन्टन ग्लोबल इनिसियेटिभका साथ कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
क्लिन्टन फाउन्डेसनले पनि बयान जारी गरेर डोमिनियन भोटिङ सिस्टम्ससँग कुनै लेनदेन नरहेको र कम्पनीको कुनै पनि अपरेसनसँग कहिल्यै नजोडिएको तथा आगामी दिनमा पनि नजोडिने प्रष्ट्याएको छ । बीबीसीबाट