site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले भनेजस्तै अमेरिकामा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’बाटै भोट ‘डिलिट’ गरिएको थियो !
Sarbottam CementSarbottam Cement

 बीबीसी । डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ सिस्टमको आलोचना गर्दै मेसिनकै कारण लाखौं भोट नोक्सान भएको दाबी गरेका छन् । यो भोटिङ मेसिन डोमिनियन भोटिङ सिस्टम्स नामक कम्पनीले तयार गर्दछ ।
 
ट्रम्पले अनेक प्रकारका आरोपहरु लगाएका छन्, जस्तै कि ती मेसिनहरुबाट भोट डिलिट गरिएकोदेखि उनका विपक्षीहरुले कम्पनीमा अनुचित प्रभाव राखे ।
 
के हुन् ट्रम्पका दाबी र दाबीमा कति बल छ ?
 
ट्रम्प : ‘डोमिनियनले देशभर हाम्रा २० लाख भोट डिलिट गर्यो’
 
ट्रम्प आफ्ना समर्थक र रूढिवादी समाचार नेटवर्क ‘आउटलेट वन अमेरिकन न्युज नेटवर्क’ (ओएएनएन) को समाचारका आधारमा यस्तो दाबी गरिरहेका छन् । समाचारमा लेखिएको थियो, “देश भर राष्ट्रपति ट्रम्पका लागि हालिएका लाखौं भोटे डिलिट गरियो ।”
 
ओएएनएनको समाचारमा चुनावको निगरानी गर्ने एक ग्रुप एडिसन रिसर्चको तथ्य जाँच नभएको डाटा प्रयोग गरिएको छ ।
 
तर, कम्पनीका अध्यक्ष लैरी रोसीनले भने, “एडिसन रिसर्चले त्यस्तो कुनै समाचार लेखेको छैन र हामीसँग भोटिङमा धाँधली गरिएको कुनै प्रमाण पनि छैन ।” ओएएनएनले पनि आफ्नो दाबीका बारेमा कुनै प्रमाण उपलब्ध गराएको छैन । ट्रम्प र उनका समर्थक फोक्स न्युजको एक् समाचार पनि शेयर गरिरहेका छन् । जसमा एंकर शान हेनिटीले डोमिनियन भोटिङ मेसिनले महत्वपूर्ण राज्यहरुम ट्रम्पका भोेटहरु जो बाइडेनको भोटमा परिणत गरेको दाबी गरेका छन् ।

उक्त रिपोर्टमा मिशिगनको एन्ट्रिम काउन्टी क्षेत्रमा देखिएको समस्याका बारेमा  उल्लेख गरिएको छ । जहाँ डोमिनियन मेसिनहरु प्रयोग गरिएको थियो । दाबी गरिएको छ कि यसरी नै अन्य काउन्टीमा पनि सफ्टवेयरमा समस्या भएको हसन सक्छ । एन्ट्रिम काउन्टीमा समस्या आएको थियो तर त्यो समस्या डोमिनियनको सफ्टवेयरमा भने थिएन । मिशिगनका सेक्रेटरी अफ स्टेट जोसलीन बेनसनले उक्त समस्या मानवीय त्रुटिका कारण भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एन्ट्रिम काउन्टीका क्लर्कले मेसिनमा रिपोर्टिङ फंक्सन सही तरिकाले चालु गरेका थिएनन् । सोही कारण सुरुवाती नतिजा आएको थियो । जहाँ बाइडेनले तीन हजार मतले जीत हासिल गरेका थिए । निर्वाचन अधिकारीहरुले यो पारम्परिक रिपब्लिकन क्षेत्रमा असामान्य नतिजा देखिएपछि रिपोर्टिङ फंक्शन फेरि चालु गरेका थिए । पछि गणना हुँदा ट्रम्प अढाई हजार मतले विजयी भएका थिए ।
बेनसनले सुरुवातमै गल्ती पत्ता लागेको र पछि त्यसलाई सुधार गरिएको बताएका छन् । सुरुवाती चरणमै गल्ती पत्ता नलागे पनि गल्ती पत्ता लगाउन चेकिङ सिस्टम राखिएका कारण पछि पनि गल्ती पत्ता लाग्न सक्ने उनको भनाइ छ ।

उनले भने, “राज्यमा यस्तो गल्ती अन्य ठाउँमा भएको भन्ने बारेमा यस्तो कुनै प्रमाण छैन ।”

Global Ime bank

एंकर शान हेनिटीले जर्जियाको पनि नाम लिएका छन्, जहाँ डोमिनियन मेसिनको अत्यन्तै प्रयोग भएको थियो । तर, जर्जियाका सेक्रेटरी अफ स्टेटले केही स्थानमा गणनामा ढिलाइ भए पनि सफ्टवेयरले भोतको सही गणना गरिएको बताएका छन् ।

डोमिनियन भोटिङ सिस्टम्सले पनि बयान जारी गर्दै भनेको छ, “डोमिनियनका बारेमा भोेट परिवर्तन गर्ने र डिलिट गर्ने जुन दाबी गरिएको छ त्यो शतप्रतिशत गलत छ ।”
 
ट्रम्प : ‘वामपन्थी दलहरुको हो डोमिनियन भोटिंग सिस्टम्स’
 
ट्रम्पको यो दाबीमा कुनै सत्यता छैन । यो कम्पनी ‘वामपन्थी दल’ को होइन । कम्पनीले विगतमा रिपब्लिकन र डेमोक्रेट दुबैका लागि चन्दा दिएको छ । ट्रम्प रेडिकल लेफ्ट भनेर कसका बारेमा कुरा गरिरहेका छन् भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन । सायद उनी अनलाइन फैलाइएको दाबीतर्फ इशारा गरिरहेका छन् । जसमा भनिएको छ– कम्पनीको सम्बन्ध क्लिन्टन परिवार र अन्य डेमोक्रेट नेताहरुसँग छ, त्यसमा स्पीकर नेन्सी पलोसी पनि समावेश छन् ।
 
डोमिनियन भोटिङले एक बयान जारी गरेर कम्पनी निष्पक्ष अमेरिकी कम्पनी भएको र पलोसी परिवार वा क्लिन्टन ग्लोबल इनिसियेटिभका साथ कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

क्लिन्टन फाउन्डेसनले पनि बयान जारी गरेर डोमिनियन भोटिङ सिस्टम्ससँग कुनै लेनदेन नरहेको र कम्पनीको कुनै पनि अपरेसनसँग कहिल्यै नजोडिएको तथा आगामी दिनमा पनि नजोडिने प्रष्ट्याएको छ । बीबीसीबाट


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC