site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रत्नपार्कको नाम परिवर्तनसँगै पद्मरत्न तुलाधरको शालिक राखिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रत्नपार्कका रुपमा परिचित ‘शंखधर उद्यान’ मा शंखधर साख्वासँगै पद्मरत्न तुलाधरको शालिक राखिने भएको छ ।  काठमाडौं महानगरपालिकाले साख्वा र तुलाधरको शालिक पार्कभित्र राख्न लागेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन् ।  उनका अनुसार मंसिर ६ गते शालिक अनावरण हुने मिति तय भएको छ ।
“उहाँहरुको शालिक तयार भइसकेको छ । ६ गते पार्कभित्र राख्ने महानगरपालिकाको तयारी छ,” उनले भनिन् ।     

साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।  साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ ।  वामपन्थी राजनीतिज्ञ रहेका तुलाधर भने नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको ०७५ मंसिर १८ गते निधन भएको थियो । ०१८ सालमा तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाहको नाममा सो पार्कको नाम रत्नपार्क राखिएको थियो ।  स्थानीय तहको चुनावपछि काठमाडौं महानगरले सो पार्कको नाम शंखधर उद्यान राखेको थियो । सोही उद्यानभित्र साख्वा र तुलाधरको शालिक राख्न लागिएको छ ।  ०६२–६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्यसँगै राजा रानीका नाममा रहेका सडक, क्याम्पस र पार्कको नाम परिवर्तनको लहर नै चलेको थियो । विभिन्न स्थानमा रहेका राजारानीको शालिकहरु तोडफोड नै गरिएको थियो ।  

तर, रत्नपार्कको नाम भने यथावत् नै थियो । गणतन्त्रको आएको १२ वर्षपछि अर्थात ०७५ सालमा काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम परिवर्तन गर्दै शंखधर उद्यान राखेको थियो ।  पहिला निःशुल्क प्रवेश गर्न पाइने रत्नपार्क शान्ति उद्यान बनेसँगै शूल्क तिरेर मात्र प्रवेश दिने व्यवस्था गरिएको छ । अहिले सर्वसाधारणले पैसा तिरेर मात्र पार्कभित्र प्रवेश गर्न पाउँछन् ।

Global Ime bank

दुई शालिक निर्माणको लागि महानगरपालिकाले करिब ३० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC