site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनको ‘कोरोनाभ्याक’ खोपले एकदम छिटो इम्युन प्रतिक्रिया दिन सक्ने 
Ghorahi CementGhorahi Cement

एजेन्सी । चीनको साइनोभ्याक बायोटेक कम्पनीले निर्माण गरिरहेको कोभिड–१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोपले एकदम छिटो इम्युन प्रतिक्रिया उत्पन्न गराउने सक्ने नयाँ अनुसन्धानमा पत्ता लागेको छ । तर छोटो समयमा प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गर्न सक्ने भए पनि यसबाट उत्पन्न हुने ‘एन्टिबडिज’ को स्तर भने कोभिडबाट ठीक भइसकेका बिरामीको तुलनामा कम रहेको बुधबार सार्वजनिक ट्रायलको नतिजाले देखाएको छ । 

अनुसन्धानकर्ताहरुका अनुसार रिसर्चको अनुभव र प्रारम्भिक मेडिकल डाटाका आधारमा यो खोप पर्याप्त रुपमा सुरक्षित छ भन्न सकिन्छ । यसै महिना अमेरिकी कम्पनीहरु– फाइजर, मोडेर्ना र रुसको स्पुतनिक खोपको सुरुवाती रिपोर्टमा ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको खबर गरेका थिए । अन्तिम चरणको ठूलो स्तरमा सञ्चालित ट्रायलपछि उनीहरुले यस्तो दाबी गरेका हुन् । यता चीनमा पनि साइनोभ्याक कम्पनीको कोरोनाभ्याकसहित चार अन्य अनुसन्धानात्मक खोपहरु अन्तिम चरणको ट्रायलमा पुगेका छन् जसले अब छिटै प्रभावकारीता जाँच गर्नेछन् । 

Agni Group

‘द ल्यान्सेन्ट’ मेडिकल जर्नलमा प्रकाशित साइनोभ्याकको रिसर्चका लागि ७०० भन्दा बढी सहभागीहरुलाई संलग्न गराइ पहिलो र दोस्रो चरणको ट्रायल सञ्चालन गरिएको थियो । जर्नलमा भनिएको छ, “हाम्रो अध्ययनबाट पत्ता लागेअनुसार कोरोनाभ्याकले १४ दिनको अन्तरमा दुईवटा डोज खोप लगाउँदा एकदम छिटो प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गराउन सक्छ । त्यसैले पनि हामीले महामारीको समयमा आपत्कालीन प्रयोगका लागि यो खोप एकदम उपयुक्त भएको विश्वास गरेका छौँ । ”

वैज्ञानिकहरुले, यो खोपको अन्तिम चरणको ठूलो स्तरको परीक्षणको नतिजाले नै कोरोना भाइरसबाट संक्रमित हुनबाट मान्छेलाई कति प्रभावकारी रुपमा जोगाउन सक्छ भन्ने निर्धारित गर्ने बताएका छन् । साइनोभ्याकले हाल ब्राजिल, इन्डोनेसिया र टर्कीमा तेस्रो चरणको ट्रायल सञ्चालन गरिरहेको छ । जोन होप्किन्स युनिभर्सिटीका प्रोफेसर नाओरले बताएअनुसार तेस्रो चरणको नतिजा प्रकाशित भएपछि मात्र यससम्बन्धी ध्यानपूर्वक निष्कर्ष निकाल्न सकिनेछ । 

Global Ime bank

कोरोना भ्याक खोप अहिले नै चीनमा आपत्कालीन प्रयागका लागि हजारौँ मानिसहरुमा प्रयोग भइरहेको छ । यसबाहेक अन्य दुई खोपलाई पनि चीनमा सुरक्षित र प्रभावकारी दाबी गर्दै आपत्कालीन प्रयोगका लागि स्वीकृत गरिएको छ । 

साइनोभ्याकले निर्माण गरेको यो खोपको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई फाइजर जसरी अत्यन्तै कम तापमानमा स्टोर गरि राख्नुपर्ने छैन । कम्पनीका अनुसन्धानकर्ता गाङजेङका अनुसार यसलाई सामान्य फ्रिजको तापमान, ‘२ देखि ८ डिग्री सेल्सियस’ सम्ममा राख्न सकिनेछ र तीन वर्षसम्म स्थिर रहन सक्छ जसकारण पनि खोपहरु मध्ये यो आकर्षक विकल्प बन्न सक्छ । स्टोर गर्न चुनौतीमय हुने ठाउँहरुमा यो अधिक उपयोगी हुने बताइएको छ । 

फाइजरको खोप भने स्थानान्तरण गर्दा ‘माइनस ७० डिग्री’ मा स्टोर गरि राख्नुपर्ने हुन्छ । सामान्य फ्रिजमा यसलाई ५ दिनसम्म राख्न सकिनेछ । 

उता अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोप सामान्य फ्रिजको तापमानमा ३० दिनसम्म राख्न सकिने बताइएको छ तर ६ महिनासम्म स्टोर गर्नुपर्ने भएमा चाहिँ यसलाई माइनस २० डिग्री आवश्यक पर्नेछ ।  –रोयटर्सबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC