site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बैठक स्थगित गराउन ओलीको कसरत, बहुमत सचिवालय सदस्य भन्छन्– कुनै हालतमा रोकिँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई–चारदिन यता प्रधानमन्त्री निवास बालुवाटार र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास ओहोरदोहोर गरिरहेका नेकपाका महासचिव विष्णु पौडेल मङ्गलबार बिहानै खुमलटार पुगेका थिए । 

उनले प्रचण्डलाई सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन अनुरोध त गर्न सकेनन्, तर, अध्यक्षलाई मुख फोरेरै बैठक सार्न आग्रह गरे ।

खुमलटार स्रोतका अनुसार पौडेलले प्रचण्डलाई भनेका थिए, “पार्टी विभाजनमा जाने भयो दुई चारदिन बैठक रोकौं । प्रधानमन्त्रीले यही आग्रह गर्नुभएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समययता प्रचण्ड अडानमा छन् । बहुमत सचिवालय सदस्यले खुट्टा छाड्नुहोला भनेर खबरदारी गरिरहेकाले पनि उनी सहजै लचक हुने, विगतमा जस्तो सम्झौता गरिहाल्ने सम्भावना छैन । प्रचण्ड निकट स्रोतले जानकारी अनुसार उनले महासचिवलाई ठाडै जवाफ दिए, “सचिवालयले तय गरेको बैठक अध्यक्षद्वय र महासचिवले मात्रै स्थगित गरेर हुँदैन । प्रधानमन्त्रीलाई जे भन्न मन लागेको छ, आफ्ना कुरा प्रष्ट बैठकमा राख्नुपर्छ । बरु सचिवालयका अरू सदस्यहरूको सहमतिमा दुई–चार दिन बैठक स्थगित गर्न पनि सकिन्छ ।”

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच मङ्गलबार बिहानको संवादले बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आउने सम्भावना रहेको खुमलटारनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री उपस्थित भए दुई–चारदिन बैठक स्थगित गर्ने वातावरण पनि बन्ने उनीहरूको बुझाइ छ ।

Global Ime bank

“प्रधानमन्त्रीले बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्नुपर्‍यो । सचिवालय बैठकमा अध्यक्षले विधिवत प्रस्तुत गरेको दस्तावेजलाई छलफल नै गर्नुहुँदैन भन्ने अडान राख्नुभएन,” प्रचण्डनिकट नेता भन्छन्, “सचिवालय सदस्यहरूको सहमतिमा दुई–चारदिन ‘कुलिङ पिरियड’ छाड्न सकिन्छ । तर, सचिवालयको सर्वसम्मतिमा डाकिएको बैठक स्थगित गरेर जाऊँ भन्न मिल्दैन । त्यसमा सहमत हुन पनि सकिँदैन ।”

वरिष्ठ नेता झलनाथ खनाल भोलिको बैठक स्थगित गर्न नमिल्ने बताउँछन् । प्रधानमन्त्री ओलीलाई दुईचार दिन सारौँ भन्ने लागेको हो भने पनि बैठकमै छलफल गर्नुपर्ने र बाहिर बहस गर्नुको अर्थ नहुने बताउँछन् ।

“स्थगित गर्ने कि निरन्तरता दिने भनेर बैठकमै छलफल गर्नुपर्छ । प्रधानमन्त्रीले बैठकमै आएर आफ्ना कुरा राख्नुपर्छ,” उनको स्पष्ट मत छ ।

पौडेल खुमलटार पुगेर फर्किएपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसहित उनी पक्षका स्थायी कमिटी सदस्यहरू समेत छलफलमा बसेका थिए । छलफलमा उपप्रधानमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री पौडेल, पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ सहभागी थिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल भने आजको बैठकमा सहभागी थिएनन् । पोखरेल प्रदेशमै र ज्ञवाली गुल्मीमा रहेकाले बैठकमा सहभागी नभएको स्रोतले जानकारी दियो ।

सहभागीहरूले दुईजना अध्यक्ष सल्लाह गरेर केहीदिन बैठक स्थगित गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

“प्रधानमन्त्री टुङ्गोमा पुगिसक्नुभएको छैन । भोलि बैठक आइसकेको छ । पार्टी अध्यक्ष प्रचण्डलाई पनि भोलिको बैठक केही दिन स्थगित गर्न सुझाव दिएको छु,” उनले बाह्रखरीसँग भने, “विमतिका बीच बैठक बस्नुभयो भने समस्या बल्झिएर जाला, तपाईंहरूको बीचमा अझै विवाद चर्किएला । यस्तो अवस्थामा विज्ञहरू पनि भन्छन्– विवाद बढेका बेला ‘कुलिङ पिरियड’ चाहिन्छ । त्यसकारण बैठक स्थगित गर्ने र अनौपचारिक छलफल, संवाद गरेर सहमतिमा पुग्न कोसिस गर्ने । केही समय लिनुहोस् भनेर भनेका छौं । दुईजना अध्यक्षले के गर्नुहुन्छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङ प्रधानमन्त्री ओलीलाई बैठकमै गएर आफ्ना कुरा राख्न सुझाव दिएका बताउँछन् । आफूमाथि उठेका विषयको जवाफ दिन प्रधानमन्त्री ओलीले समय माग्न सक्ने बताउँदै बैठक नचाहेको अर्थमा बुझन् नहुने पनि जानकारी दिए । “प्रधानमन्त्रीले जवाफ दिन समय माग्न सक्नुहुन्छ,” उनी भन्छन्, “तर, प्रधानमन्त्रीले बैठक बोलाउँदिन भनेर कहिल्यै भन्नुभएको छैन । बैठमा आउँदिन पनि भन्नु भएको छैन । निराधार प्रचारको अर्थ पनि छैन । यति हो, प्रधानमन्त्रीले पार्टी अध्यक्षसँग परामर्श गरौं, बैठकमा के विषयमा कुराकानी गर्ने हो छलफल गरौं भनेर भन्नुभएको हो । त्यो विधिसम्मत नै कुरा हो ।”

दुई अध्यक्ष नै मिल्न पूर्वमाओवादीका नेताहरूको पनि जोड

सचिवालयमा पेश गरेको दस्तावेजले दुई अध्यक्षबीच दरार बढाएपछि पूर्वमाओवादी केन्द्रका मध्यमार्गी धारका नेताहरू पुनः सक्रिय भएका छन् । आइतबार राति पूर्वमाओवादी केन्द्रका टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई भेटेर दुई अध्यक्ष मिल्न सुझाव दिएका थिए ।

प्रचण्डलाई पनि त्यही सुझाव दिएको पौडेलले जानकारी दिए । “दुईजना अध्यक्षबीच समझदारी हुनुपर्‍यो,” पौडेल भन्छन्, “हामीले सबै नेताहरूलाई भेटेर त्यही आग्रह गरेका छौं । दुईजना अध्यक्ष मिलेर जानुपर्छ ।”

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल पनि प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड मिलेर अघि बढ्नुबाहेक कुनै विकल्प देख्दैनन् । “हामीले नेताहरूलाई सुझाव दिइराखेका छौं । आलोचना त बेहोरेका छौं तर पार्टी फुटबाट जोगाउनुपर्छ भन्ने नै हाम्रो मान्यता हो,” उनी आफ्नो तर्कमा उभिँदै भन्छन्, “दुईजना अध्यक्ष नमिली कुनै उपाय छैन ।”

अर्का मध्यधारका नेता टोपबहादुर रायमाझीको पनि त्यही मत छ । दुवै अध्यक्षसँग समदूरीको सम्बन्ध रहेको जिकिर गर्ने उनले पनि ओली–प्रचण्ड मिलेर अघि बढ्दा मात्रै पार्टी एकताको हित र रक्षा देख्छन् ।
 
राष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय

नेकपाभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदा राष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय भएकी छन् । उनले अघिल्लो सोमबार उपाध्यक्ष वामदेव गौतमलाई भेटेर ओलीलाई सहयोग गरेर जान आग्रह गरेकी थिइन् । भोलिपल्ट गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेटेर ओलीलाई सहयोग गर्न आग्रह गरेको उनीनिकट नेताहरू बताउँछन् ।

मङ्गलबार पार्टी अध्यक्ष प्रचण्डलाई पनि शीतल निवास बोलाएर छलफल गरेकी छिन् । खुमलटार स्रोतले जानकारी दिएअनुसार कात्तिक २८ गतेको सचिवालय बैठक अघि नै राष्ट्रपति भण्डारीले भेट गर्न खोजेकी थिइन् । तर, प्रचण्डले रुचि देखाएका थिएनन् । आज पुनः बोलावट भएपछि प्रचण्ड साँझ शीतल निवास पुगेको उनीनिकट नेताहरू बताउँछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC