site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संवाद बिर्साउने मधुबालाको सौन्दर्य !
Sarbottam CementSarbottam Cement

मुम्बई । जहिले पनि भारतीय फिल्मी जगत् (बलिउड) भित्र सुन्दर अनुहारका विषयमा चर्चा हुन्छ, त्यसबेला मानिसले मधुबालाको नाम सुरुमै लिन्छन् ।

मधुबालाको नाम लिनासाथ उनका अनेक छवि आम दर्शकको मन-मस्तिष्कमा छाउँछ । त्यो चाहे ‘महल’ को रहस्यमयी मधुबाला हुन् वा ‘मिस्टर एन्ड मिसेज ५५’ की सहरी युवतीको छवि । ‘हावडा ब्रिज’ की मादक नर्तकी हुन् वा ‘मुगल-ए-आजम’ की दासी अनारकली, जसको आकर्षण कुनै राजकुमारीभन्दा कम देखिँदैन !

मनमोहक, सुन्दर र ताजापन भरिएको उनको अनुहारको आभाले सबैलाई मोहित बनाउँछ । त्यतिबेला तपाईंले मधुबालाबाहेक अरू कुनै अनुहारको बारेमा सायद सोच्नु हुन्न ! मधुबालाको सौन्दर्यको अनुमान गर्न चाहने हो भने सन् १९९० को एउटा फिल्मी पत्रिकाले मधुबालालाई पहिलो स्थानमा राखेको देख्‍न सकिन्छ । जसमा नर्गिस दत्त दोस्रो स्थानमा परेकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सौन्दर्यका साथै विशेष अभिनय शैलीका लागि परिचित अभिनेत्री मधुबालाको निधन भएको पनि पाँच दशक बितिसकेको छ, तर आज पनि उनलाई चाहने, उनका प्रशंसक प्रशस्त भेटिन्छन् । जसले सदैव मधुबालाको सम्झना गर्दै आइरहेका छन् ।

सबैभन्दा सुन्दर मधुबाला 
मधुबाला सँगसँगै डेब्यु गर्ने अभिनेता राज कपुरले एकपटक मधुबालाका बारेमा भनेका थिए- ईश्वरले आफ्ना हातहरूले नै मधुवालालाई रचना गरेका हुन् । राज कपुरको यो कथन पेन्गुइन इन्डियाद्वारा प्रकाशित, भाइचन्द पटेलद्वारा सम्पादित ‘बलिउड टप २०, सुपरस्टार्स अफ इन्डिया’ मा रेकर्ड गरिएको छ ।

Global Ime bank

यसै पुस्तक अनुसार, शिवसेना संस्थापक बाल ठाकरेले फिल्मी जगत्‌मा आफूले काम गरेका दिनहरूको सम्झना गर्दै भनेका छन्- जब मैले सुटिङ गर्दैगर्दा मधुबालालाई देखेँ, मलाई लाग्यो, मेरो त्यो दिन सफल भयो !

प्रख्यात अभिनेता शम्मी कपुरले आफ्नो आत्मकथा ‘शम्मी कपुर द गेम चेन्जर’मा एउटा पूरा भाग (च्याप्टर) मधुबालालाई समर्पित गरेका छन् । यसको शीर्षक रहेको छ, ‘फेल मेडली इन लव विद मधुबाला’ । 

यसमा शम्मी कपूर भन्छन्- मलाई थाहा थियो कि मधु अरू कसैलाई प्रेम गर्छिन्, तर पनि म स्वीकार्न चाहन्थेँ । किनभने मैले उनलाई पागलजस्तै प्रेम गर्न सुरु गरिसकेको थिएँ । यसमा कसैलाई दोष दिने कुरो आउँदैन । किनभने मैले उनीजस्ती सुन्दरी कहिल्यै देखेको नै थिइनँ ।

सन् २०११ मा प्रकाशित यस आत्मकथामा शम्मी कपूरले भनेका छन्- ६ दशकपछि पनि आज जब उनी मधुबालाका विषयमा सोच्दछन्, उनको मुटुको धड्कन रोकिन्छ । मधुबालाको सुन्दरताको चमक यस्तो थियो कि शम्मी कपुरले आफ्नो पहिलो फिल्म ‘रेल का डब्बा’को सुटिङका समयमा मधुबालालाई देखेपछि आफूले बोल्नुपर्ने संवादहरू नै बिर्सिन्थे !

कुल ३६ वर्षको उमेर, जीवनको अन्तिम ९ वर्ष आफ्नै घरमा बन्दी हुनुपर्ने बाध्यात्मक अवस्था र जम्मा ६६ वटा फिल्म, तर मधुबालाले यही समयमा सबै कुरा हासिल गरिन्, जसले उनलाई सदासदाका लागि अमर बनाइदियो ।

मधुबालाको जन्मदेखि नै मुटुमा प्वाल थियो । डाक्टरहरूका अनुसार उनलाई धेरै आराम चाहिन्थ्यो । तर मधुबालाका बुबाले उनलाई यस्तो संसारमा धकेले, जहाँ उनले निरन्तर काम गर्नुपर्ने हुन्थ्यो ।

वास्तवमा मधुबाला, आफ्नी आमा बुबाको मात्रै नभएर भाइबहिनीसमेत गरेर परिवारका ११ जनाको जीवन धान्ने एक्लो व्यक्ति थिइन् । उनका बुबा लाहोरको इम्पिरियल टोबाको कम्पनीमा काम गर्थे । जब उनको जागिर छुट्यो, त्यसपछि उनी दिल्ली आए । फेरि दिल्लीबाट मुम्बई गए । त्यहाँ पुगेर उनलाई लाग्यो, आफ्नी सुन्दर छोरी मधुबालाले फिल्ममा काम पाउन सक्छिन् ।

र, मात्र ६ वर्षको उमेरमा मधुबालाले फिल्मी दुनियाँमा पाइला टेकिन् ! सन् १९५७ को फिल्म फेयरको एक विशेष सिरिजमा उनले आफ्नो काममा कति समय दिएकी थिइन् भन्ने झलक पाइन्छ ।

उक्त सिरिजमा त्यसबेलाका सुपरस्टारहरूलाई आफ्नो बारेमा केही लेख्‍न भनिएको थियो । जसमा नर्गिस, मीना कुमारी, नूतन, राज कपुर, दिलीप कुमार, देव आनन्द, किशोर कुमार, अशोक कुमार सबैले आफ्नाबारेमा लेखेका थिए ।

आफ्नै बारेमा मधुबाला
फिल्म फेयरको सो सिरिजमा मधुबालाले आफ्ना बारेमा लेख्‍न अस्वीकार गरेकी थिइन् । उनले माफी मागेकी थिइन् र आफ्नो माफिनामामा मधुबालाले लेखिन्, “मैले आफैंलाई गुमाइसकेकी छु । यस्तो अवस्थामा आफ्नै बारेमा के लेखूँ । मलाई लाग्छ, तपाईंले मलाई त्यसका बारेमा लेख्न भन्नु भएको छ जसलाई म चिन्दिनँ । समयले मलाई आफैंसँग भेट्ने समय पनि दिइरहेको छैन । जब म ५ वर्षकी थिएँ, त्यसबेला मेरा बारेमा कसैले केही सोधेनन् र म यो ‘चक्रव्यूह’मा आइपुगेँ । फिल्म उद्योगले मलाई सिकाएको पहिलो कुरा हो, तपार्इंले आफ्ना बारेमा सबै कुरा बिर्सनुपर्ने हुन्छ । सबै कुरा, त्यस पछि मात्रै तपाईंले अभिनय गर्न सक्नुहुन्छ । यस्तोमा मैले मेरा बारेमा के लेखूँ !”

मधुबालाको फिल्मी जीवनलाई लिएर खतिजा अकबरले एउटा पुस्तक लेखिन्, ‘आई वान्ट टू लिव- द स्टोरी अफ मधुबाला’ । यस पुस्तक पढ्दा थाहा हुन्छ कि मधुबालाको सौन्दर्यले उनको अभिनयप्रति अनुशासन र केही सिक्ने चाहना र लगनलाई कहिल्यै कम हुन दिएन ।

मधुबाला त्यतिखेर फिल्म जगतकी एकमात्र यस्ती कलाकार थिइन्, जो तोकिएको समयभन्दा अगाडि नै सुटिङ सेटमा पुग्थिन् । यद्यपि उनको स्वास्थ्य कारण उनी राति गरी सुटिङ गर्थिनन् । उनले आफ्नो पूरा करिअरमा कहिल्यै आउटडोर सुटिङ गरिनन् । यति हुँदाहुँदै पनि  मधुबाला आफ्नो समयको शीर्ष अभिनेत्रीहरूमध्ये एक थिइन् । 

(प्रदीप कुमार/बीबीसी/सम्पादित अंश)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC