site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युत्‌को माग १४ सय मेगावाट वरिपरि, अर्को वर्ष के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । यस वर्षको लक्ष्मी पूजाका दिनमा विद्युत्‌को माग ११ सय ३६ मेगावाट पुग्यो । गत वर्षको लक्ष्मी पूजाका दिन ११ सय २४ मेगावाट माग थियो । अर्थात् एक वर्षमा १२ मेगावाटले विद्युत्‌को माग बढ्यो । कोडिभका कारणले उद्योग कलकारखाना धेरै सञ्‍चालनमा नआएकाले पनि यस वर्ष खासै माग नबढ्ने अनुमान विद्युत्‌ प्राधिकरणको थियो । तर, यस वर्षको तिहार गत वर्षभन्दा जाडो मौसममा परेकाले थोरै माग बढेको प्राधिकरणको अनुमान छ ।

विद्युत्‌ प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार विद्युत्‌को माग ११ सय ५० मेगावाटसम्म पुग्ने अनुमान थियो । केही कारणले लोड बढिहाल्न पनि सक्ला भनेर १३ सय मेगावाटको व्यवस्था गरेको उनले बताए । “कुलेखानी र आयात गरेर १३ सय मेगावाटको व्यवस्था गरेका थियौं,” उनले भने । तर, प्राधिकरणले गरेको अनुभन्दा कम तिहारमा विद्युत्‌को माग आयो ।

Prabhu Bank
Agni Group
NIC Asia

तिहारलगत्तै भने विद्युत्‌को माग निकै बढ्न सक्ने शाक्य बताउँछन् । यो वर्ष पनि माग बढेर १४ सय मेगावटसम्म पुग्ने अनुमान उनको छ । “यो वर्ष पनि विद्युत्‌को माग १४ सय मेगावाट पुग्न सक्ने अनुमान छ । सोही अनुमानका आधारमा व्यवस्थापनको काम पनि भइरहेको छ,” उनले भने । गत वर्ष विद्युत्‌को माग १४ सय २ मेगावाट थियो । तिहारलगत्तै उद्योगधन्दा चल्न सुरु हुने र जाडो मौसम भएकाले विद्युत्‌को माग बढ्ने अनुमान प्राधिकरणको छ । यसको व्यवस्थापन भने प्राधिकरणले आयात गरेरै पूरा गर्नेछ । जाडो मौसमसम्मका लागि ४५० मेगावाट बिजुली आयात गर्ने उनले बताए ।

प्राधिकरणले अहिले पनि बिजुली आयात गरिने रहेको छ । “मंसिरदेखि थप बढाउँछौं । मंसिर, पुस, माघ, फागुन र चैतसम्म अहिलेको तुलनामा आयात बढाउँछौं । तर, आयातको मात्रा पुस १५ देखि चैतको १५ सम्म सबैभन्दा बढी हुन्छ । त्यति बेला ४५० मेगावाट आयात गर्नुपर्ने हुन्छ,” उनले भने । चैतपछाडि भने हिउँ पग्लिने क्रम सुरु हुने र जडित क्षमताअनुसार विद्युत्‌ उत्पादन सुरु हुन थाल्ने उनले बताए ।

Global Ime bank

अहिले जाडो मौसम सुरु भएकाले हिउँ पग्लिने क्रम कम हुन्छ । खोलाका स्रोत, मूलहरु सुक्छ । मंसिर, पुसमा खोलाहरु सुक्दै गएर जडित क्षमताको एकतिहाइसम्म पुग्न सक्छ, उनले भने । यस्तो अवस्थामा हामीलाई बिजुली पुग्दैन । राति १२ बजे र दिउँसो पनि बिजुली नपुग्ने उनले बताए । त्यसैले त्यस्तो अवस्थामा प्राधिकरणले आयात गरेर नै बिजुली मागअनुसार पुर्‍याउने हो, उनले भने । सोही कारण स्वदेशमा उत्पादित बिजुली खेर नजाने उनको भनाइ छ । “अब हामीले बिजुली नै आयात गर्नुपर्ने हुन्छ त्यसैले स्वदेशमा उत्पादित बिजुली खेर जाने सवाल नै हुँदैन,” उनले भने ।

वैशाखदेखि भने बिजुली बढी हुन थाल्ने उनले बताए । “नयाँ जलविद्युत्‌ले पनि उत्पादन गर्ने र पुराना आयोजनाको पनि हिउँ पग्लिएर पानी भरिने हुन्छ । वैशाखदेखि राति र दिउँसो पनि बढी हुन्छ,” उनले भने । त्यो बेलामा भने ती उत्पादित बिजुली खेरजाने अवस्था रहेको उनले बताए । उनका अनुसार जेठ, असार, साउन र भदौमा बिजुली धेरै भएर पोखिने अवस्था छ । तत्काल बिजुली खपत बढाउन नसक्ने भएकाले निर्यात नै गर्नुपर्ने उनले बताए । यद्यपि उद्योगधन्दा राम्रोसँग चले भने पनि उत्पादित बिजुली खेर नजान सक्छ ।

यो वर्षसम्मका लागि कुनै समस्या नहुने भए पनि अर्को वर्षदेखि भने विद्युत्‌को माग थप बढ्ने हुँदा अहिले देखि नै लाइन विस्तार एवं सुदृढीकरणका कामहरु गर्नुपर्ने उनले बताए । “यो वर्षका लागि १४ सय ५० मेगावाट बिजुलीको व्यवस्थापन हुन्छ । कोभिडको कारणले गर्दा पनि यो वर्ष त हामीले धान्छौं । अर्को वर्ष भने माग निकै बढ्न सक्छ,” उनले भने । अर्को वर्ष प्रत्येक वर्ष थपिने माग पनि बढ्ने र उद्योगधन्दा पनि राम्रोसँग चल्न सक्ने भएकाले आगामी वर्ष डिमान्ड बढ्ने हुन्छ । “त्यसैले यो एक वर्षभित्र व्यापक काम गर्नुपर्नेछ । लाइन विस्तार, सुदृढीकरणका कामहरु यो एक वर्षभित्र गर्नुपर्छ,” उनले भने ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC