site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दिल्लीमा हालसम्मकै उच्च वायु प्रदूषण
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको राजधानी दिल्लीलगायत वरपरको क्षेत्रमा पछिल्लो केही दिनयता वायु प्रदूषण उच्च स्तरमा पुगेको छ । 

दिल्ली वरपरि हरियाणा र पंजाबमा पराल जलाएका कारण पनि दिल्लीमा अत्यधिक प्रदूषण बढेको हो । प्रदूषणलाई मध्यनजर गर्दै दिल्लीलगायत भारतका धेरै राज्यले दीपावलीमा पटाका बिक्री-वितरणमा समेत रोक लगाएका छन् । 

Agni Group

दीपावलीमा पटाका बिक्री-वितरणमा रोक लगाएको दिल्ली सरकारले प्रदूषण नियन्त्रणको उपाय स्वरुप दिल्लीमा ‘रेड लाइट अन, गाडी अफ’ अभियान चलाएको छ । अभियानअन्तर्गत दिल्ली सरकारले ट्राफिक सिगनलहरुमा रातो बत्ती भएका बेला गाडी बन्द गराउन नगर प्रहरी खटाएको छ ।

दिल्लीमा प्रदूषणका कारण पूरै दिन तुँवालो लागेकाले घाम लागेन । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार ४ नोभेम्बरदेखि ९ नोभेम्बरसम्म दिल्लीमा निरन्तर ६ दिनसम्म प्रदूषण स्तर ‘गम्भीर’ श्रेणीमा रहेको थियो । राजधानी दिल्लीसहित एनसीआर फरिदाबाद, नोएडा, ग्रेटरनोएडा र गुडगाँवमा पनि वायु गुणस्तर अति खराब श्रेणीमा पाइएको थियो ।

Global Ime bank

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिबार साँझ ४ बजे वायु गुणस्तर सूचकांक ४५१ एक्यूआई रहेको थियो । बिहानको समयमा वायु गुणस्तर ३ सयको हाराहारीमा थियो । एक्यूआई शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक , १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC