site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पलाई हार्न मन पर्दैन त्यसैले चुनावबारे गलत आरोप लगाइरहेकाछन् : ओबामा
Sarbottam CementSarbottam Cement

बीबीसी । पूर्वराष्ट्रपति बाराक ओबामाले वरिष्ठ अमेरिकी रिपब्लिकनहरुले नै चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आधारहीन दाबीलाई समर्थन गर्नुले देशको प्रजातान्त्रिक प्रणालीलाई कमजोर तुल्याएको गुनासो गरेका छन् ।

सीबीएस न्युजसँगको अन्‍तर्वार्तामा उनले राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उमेदवार जो बाइडेनले स्पष्ट जित हासिल गरेको पनि बताएका हुन् । अमेरिकी मिडियाले गत साता नै यससम्बन्धी आधिकारिक समाचार सार्वजानिक गरेका थिए । तर उता ट्रम्पले चाहिँ मतगणनामा जालझेल भएको भनि कानुनी प्रक्रिया अघि बढाउने बताइरहेका छन् । उनको टिमले यससम्बन्धी कुनै प्रमाण दिएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ओबामाका अनुसार ट्रम्पलाई हार्न नपर्ने भएकाले नै उनले यस किसिमले निर्वाचनमा धाँधली भएको गलत आरोप लगाएर अफवाह फैलाइरहेका छन् । उनले थप भनेका हुन्, “मलाई के कुराको बढी चिन्ता लागेको छ भने अन्य रिपब्लिकन अधिकारीहरु, जसले यो कुरालाई राम्ररी बुझेका छन्, उनीहरुले समेत यो अफवाहलाई जारी राखिरहेका छन् र समर्थन जनाइरहेका छन् । यसले बाइडेन प्रशासनलाई मात्र प्रभावित नपारेर पूरै प्रजातान्त्रिक प्रणालीलाई नै कमजोर तुल्याइरहेको छ जुन अत्यन्तै जोखिमपूर्ण मार्ग हो ।”

हाल ओबामा आफ्नो नयाँ आत्मकथा पुस्तकको तयारी गरिरहेका छन् जुन आगामी नोभेम्बर १७ मा सार्वजानिक हुँदै छ । त्यसमा उनले ह्वाइटहाउसमा आफूले बिताएको समयबारे लेखेका छन् । सञ्‍चारमाध्यम सीएनएनको रिपोर्टअनुसार ओबामाले त्यसमा ‘ट्रम्प एक अश्‍वेत व्यक्तिले अमेरिकाको नेतृत्व गरी शक्तिमा आएको भनि मानिसहरुमा त्रास फैलाएर राष्ट्रपतिको पदसम्म आइपुगेको’ बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC