site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालुवाटार बैठकअघि रणनीति बनाउन जुटे प्रचण्डसहित बहुमत सदस्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार अपराह्न ४ बजे सचिवालयको बैठक बोलाएको छ । भोलिको सचिवालय बैठकका लागि रणनीति तय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू खुमलटारमा अनौपचारिक बैठक बसेका छन् ।

अपराह्न बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित थिएनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरूलाई छुट्टाछुट्टै भेटेर भोलि कसरी प्रस्तुत हुने भनेर छलफल गरेको एक नेताले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सबै सामूहिकरूपमा बसेको होइन । अध्यक्ष कमरेडले सचिवालयका सदस्यहरूलाई छुट्टाछुट्टै भेट्नुभएको हो,” एक नेताले भने ।

अध्यक्ष प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहीबार अपराह्न खुमलटार पुगेका थिए । उपाध्यक्ष वामदेव गौतमलाई साँझ निम्त्याइएको ती सदस्यको जिकिर छ ।

Global Ime bank

त्यस्तै अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्यहरूसँग पनि छुट्टाछुट्टै परामर्श गरेका छन् । अध्यक्ष प्रचण्डको बोलावटमा सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा पनि खुमलटार पुगेको स्रोतको भनाइ छ । 

ठूलो रस्साकस्सीपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका थिए । गत कात्तिक २२ गते बहुमत सचिवालय सदस्यले बैठकको सहमतिका लागि पत्र बुझाएको भए पनि ओली तत्पर थिएनन् ।

प्रधानमन्त्री ओलीले सहमति नदिए प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरी बैठक बसाउने तयारी गरेपछि र बिहीबारका लागि आह्वान नै गरेपछि महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा सचिवालय डाकेका हुन् ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC