site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले भने - हङकङका प्रजातन्त्रवादी सांसदले खुला चुनौती दिए 
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएर खुला चुनौती दिएको बताएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि अन्य १५ सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।

चीनले राष्ट्रिय सुरक्षाका जोखिम ल्याउने राजनीतिज्ञहरुलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था लागु गरेपछि बुधबार प्रजातन्त्र समर्थित चार सांसदहरुलाई बर्खास्त गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुलाई बर्खास्त गरेपछि विरोधस्वरुप १५ जना सांसदहरुले राजीनामा दिएका हुन् । चीनले हङकङका विपक्षीद्वारा सामूहिक राजीनामाको घोषणाको कदमलाई ‘तमाशा’ र ‘खुला चुनौती’ को संज्ञा दिएको छ । 

चीनले यस्तो कदमले हङकङको स्वयात्तताको उल्लंघन भएको आरोप लगाएको छ । सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलोपटक विपक्षीविहीन भएको छ । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।

Global Ime bank

चार सांसदलाई बर्खास्त गरिनु त्यसको पछिल्लो प्रयास रहेको विज्ञले बताएका छन् । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ ।

तर सांसदको राजीनामापछि डेमोक्रेटिक पार्टीका अध्यक्ष वु ची-वाईले भने, "हामी अब विश्वलाई भन्न सक्ने छैनौँ कि हामीसँग अझै पनि एक देश, दुई प्रणाली कायम छ । आधिकारिक रुपमै सो व्यवस्था मरेको छ ।" - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC