site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ढाकामा कम्तीमा २० बिदेशी मारिएको पुष्टि
Sarbottam CementSarbottam Cement

ढाका । बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएका मध्ये २० जनाको ज्यान गएको समाचार छ ।

उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा जिहादीहरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।

बङ्गलादेशी सेनाका एकजना जर्नेल सहाबुद्दिनले भनेका छन्– कब्जमा लिइएका २० विदेशी नागरिकलाई उनीहरुले हत्या गरेका छन् । क्षतिको पूरै विवरण आइसकेको छैन र हामी प्रयासरत छौँ ।

Global Ime bank

यस अघि ती विदेशीलाई छुटाउने क्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीका क्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।

प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।

मारिनेमा इटाली र जापानका नागरिक धेरै परेको आशङ्का गरिएको छ । ती सैनिक जर्नेलले अझैपनि क्षतिको पूर्ण विवारण आउन नसकेको जानकारी दिएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७३  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC