site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ खोपले गम्भीर असर देखाएको भन्दै ब्राजिलमा ट्रायल रोकियो 
Sarbottam CementSarbottam Cement

बीबीसी । कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोपले सहभागीहरुमा गम्भीर असर देखाएको बताउँदै ब्राजिलमा भइरहेको ट्रायललाई स्वास्थ्यविद्हरुले रोकिदिएका छन् । ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार घटना २९ अक्टोबरमा भएको थियो जसबारे थप जानकारी सार्वजनिक गरिएको छैन । 

चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोप विश्वव्यापी रुपमा विकसित खोपहरुमध्ये अन्तिम चरणको ट्रायल गर्ने खोपमा पर्दथ्यो । उता साइनोभ्याकले चाहिँ आफ्नो खोपको सुरक्षा सम्बन्धी आफूहरु विश्वस्त भएको बताइरहेका छन् । सो कम्पनीले चीनमा आपत्कालीन कार्यक्रम अन्र्तगत हजारौँ मानिसहरुमा प्रयोग गरिसकेको छ । 

ब्राजिल कोरोना महामारीबाट सबैभन्दा नराम्ररी प्रभावित हुने देश मध्येमा पर्दछ जहाँ संक्रमित सङ्ख्या ५६ लाख भन्दा बढी छ भने हालसम्म १ लाख ६३ हजारको मृत्यु भइसकेको छ । यस्तोमा सोमबार अन्भिसाले आफूहरुले एक गम्भीर घटना पश्चात् ‘कोरोनाभ्याक’ खोपको क्लिनिकल ट्रायल रोक्ने निर्णय गरेको बताएको छ तर यसबारे विस्तृतमा जानकारी दिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यही खोपको अन्तिम ट्रायल इन्डोनेशिया र टर्कीमा पनि जारी छ तर ती देशहरु कुनैले पनि यस किसिमको शंकास्पद घटनाबारे खबर गरेका छैनन् । इन्डोनेशियाको बायो फर्माले मंगलबार मात्र त्यहाँ जारी साइनोभ्याकको खोप ट्रायलमा कुनै समस्या नभएको र राम्ररी सञ्चालन भइरहेको रोयटर्सलाई जानकारी दिएको हो । 

ब्राजिलियन ट्रायल सञ्चालन गरिरहेको मेडिकल रिसर्च इन्सटिटिउट, बुटनटनका प्रमुख दिमास कोभासले स्थानीय मिडियालाई बताए अनुसार यो निर्णय केही समय अगाडि भएको एक मृत्युको घटनासँग जोडिएको छ । तरपनि सो मृत्यु खोपसँग सम्बन्धित नभएको हुन सक्नेमा उनले जोड दिएका हुन् । साइनोभ्याकले आफ्नो बयानमा हाल यो घटनाबारे ब्राजिलसँग कुरा गरिरहेको बताएको छ । 

Global Ime bank

खोपको क्लिनिकल ट्रायल केही समयका लागि रोकिनुलाई स्वभाविक मानिन्छ र यसअघि सेप्टेम्बरमा बेलायतले पनि एक सहभागीमा नराम्रो असर देखा परेपछि केही समयकालागि खोपको परीक्षण स्थगित गरेको थियो । एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटी मिलेर बनाइरहेको सो खोपको ट्रायल केही दिनमा स्वास्थ्य निरीक्षकहरुले सुरक्षित घोषणा गरेपछि मात्र पुनः सुचारु गरिएको थियो । 

विदेशमा मात्र नभएर साइनोभ्याकको खोप, चीनमा पनि अन्तिम परीक्षणको चरणमा छ । आपत्कालीन प्रयोगको कार्यक्रम अन्र्तगत चीनले साइनोभ्याकको खोप सहित अन्य दुई अनुसन्धानात्मक भ्याक्सिनलाई अहिले हजारौँ मानिसहरुमा प्रयोग गरिरहेको छ । 

गत महिना मात्र बीबीसीले चीनको यवु शहरमा सयौँ मानिसहरु खोप लगाउन लाइनमा बसिरहेको तस्बिर खिचेको थियो । आधिकारिक निकायले सुइ लगाउन चाहने जोसुकैलाई पनि वितरण गर्न स्वीकृति दिएपछि मानिसहरु खोपकै लागि भनेर लामो लाइनमा बसेका थिए । 

साइनोभ्याकले यसअघिको बयानमा आफूले निर्माण गरेको खोप कम्पनीका करिब सबै कर्मचारी र तिनका परिवारमा प्रयोग गरिसकेको बताएको छ । र चिनियाँ स्वास्थ्य अधिकारीले पनि क्लिनिकल ट्रायलमा यस खोपको कुनै गम्भीर साइड इफेक्ट देखा नपरेको जानकारी दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC