site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई ओलीको जवाफ– तपाईंहरू एक्सनमा गए, म महाएक्सनमा जान्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजको संवाद पनि तिक्तता बढाउँदै टुङ्गिएको छ । बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बस्नुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीको बोलावटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

बैठक बस्न सहमति दिनुस् भन्ने गएका प्रचण्डलाई पुरानै अडान दोहोर्‍याएर पठाएको एक सदस्यले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार प्रचण्ड दिउँसो साढे तीन बजेतिर बालुवाटार प्रवेश गरेका थिए । उनले सुरुमै ओलीलाई कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठक राख्न सहमति माग गरेकाले ओलीले आनाकानी नगर्न भनेका थिए ।

तर, ओलीले ‘दुईचारदिनपछि बैठक राख्छु भनेकै छु नि, तपाईंलाई के हतार पर्‍यो ?’ भनेर प्रचण्डलाई सोधेको ती सदस्यको भनाइ छ ।

Global Ime bank

“ओलीजीलाई बैठक राख्न सहमति दिनुस् भनेर पटकपटक आग्रह गरेँ,” प्रचण्डले धुम्बाराहीको अनौपचारिक बैठक गरेको ब्रिफिङ उद्धृत गर्दै ती सदस्यले भने, “ओलीले जीले सहमति दिनुको सट्टा के तपाईंहरू एक्सन मै जान खोज्नु भएको हो ? उसो भए म झन् महाएक्सनमा जान्छु भनेर जवाफ दिनुभयो ।”
प्रचण्डले सचिवालयको बैठक त्यसरी रोकेर राख्न नहुने बताउँदै सहमति दिन पुनः जोड दिएका थिए । ओलीले ‘महासचिव विष्णु पौडेलसँग पनि सल्लाह गर्छु’ भनेर पन्छाएको ती सदस्यको जिकिर छ ।

यो पनि पढ्नुस्

नेकपा विवाद वार कि पारको स्थितिमा, २७ गते सचिवालय बैठक

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  २०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC