site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विहारमा नीतिश कुमार कि तेजस्वी यादव ? हुँदै छ मतगणना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । अहिले केहीबेरमा मतगणना सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीन चरणमा मतदान सम्पन्न भएको थियो । कोरोना महामारीका बीचमा भारतको विहारमा भएको निर्वाचन पहिलो हो । 
त्यहाँको निर्वाचन आयोगकाअनुसार करिब ५८ प्रतशित मत खसेको छ जुन २०१५ मा भएको मतदानभन्दा बढी हो । नोभेम्बर २९ मा त्यहाँको विधानसभाको कार्यकाल समाप्त हुनेछ । 

पहिलो चरणको मतदान २८ अक्टोबरमा भएको थियो भने दोस्रो चरणको मतदान नोभेम्बर ३ मा ९४ सिटका लागि भएको थियो भने अन्तिम मतदान नोभेम्बर ७ मा भएको थियो ।  २४३ सिटमा भएको मतदानमा जितका लागि कुनै पनि पार्टी या गठबन्धनका लागि कम्तिमा १२२ सिट आवश्यक पर्छ ।

नीतिशकुमार पछिल्लो १५ वर्षदेखि त्यहाँ मुख्यमन्त्री छन् । उनी लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा छन् । बीबीसीका अनुसार त्यहाँ मुख्य प्रतिष्पर्धा नितीश कुमार नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडीए र तेजस्वी यादवको नेतृत्वमा रहेको महागठबन्धनबीच हुँदैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

एनडीएमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (बीजेपी), हिन्दुस्तानी अवाम मोर्चा (हम), विकाससिल इन्सान पार्टी (वीआईपी) रहेका छन् ।

महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेससहित तीन वामपन्थी पार्टी कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई), कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) सीपीएम र कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्सवादी लेनिनवादी (लिबरेशन) छन् ।
एनडीएको तर्फबाट नितीश कुमार रहेका छन् भने महागठबन्धनका तर्फबाट ३१ वर्षका तेजस्वी यादव रहेका छन् ।

Global Ime bank

२०१५ मा नितीश कुमार आरजेडीसँग मिलेर चुनाव लगेका थिए भने तेजस्वी यादव उपमुख्यमन्त्री बनेका थिए ।  तेजस्वी पूर्वमुख्यमन्त्री लालु यादवका छोरा हुन् । उनलाई चुनावदेखि नै बधाई तथा शुभकामना आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  २०१७ मा नितीश कुमार एनडीएमा आएका थिए । २०१५ को विधानसभा चुनावमा नितीशकुमार, आरजेडी अथवा कांग्रेस गठबन्धनले शानदार जित निकालेको थियो ।

बीबीसीका अनुसार नितीशकुमार पछिल्लो १५ वर्षदेखि विहारमा मुख्यमन्त्री छन् । त्यहाँ अहिले उनको विरुद्धमा जबर्जस्त सत्ता विराधी माहोल बनेको छ ।  तर यसपल्ट विहारमा मदिरामा लगाइएको रोकले त्यहाँ धेरै महिला खुसी भएको र यसपल्ट मतदानमा सहभागी भएको बताइएको छ । त्यसको फाइदा नितीशकुमारले उठाउन सक्नेछन् । 

एग्जिट पोलका अनुसार बिहारमा नितिश कुमारविरुद्ध सत्ता विरोधी लहर अत्यन्तै धेरै छ ।

नितिश कुमार विगत १५ वर्षदेखि बिहारका मुख्यमन्त्री छन् । यदि, एग्जिट पोलको अनुमान सही साबित भए के सत्ता विरोधी लहरको सिकार केवल जेडीयू मात्रै नभएर बीजेपी पनि होला ? यस पटक जेडीयू एक सय २२ र बीजेपी एक सय २१ सिटमा चुनाव लडिरहेको छ ।

यी दुबै पार्टीले आ–आप्mनो भागबाट जीतन राम माझी र मुकेश सहनीलाई केही सिट दिएका छन् । एलजेपीले एक सय ३५ उमेदवार बिहारमा उतारेको छ । २००५ पछि पहिलो पटक एलजेपी बिहारमा यति धेरै सीटमा चुनाव लडिरहेको छ । एलजेपीका ८४ प्रतिशत उमेदवार जेडीयूविरुद्ध चुनावी मैदानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC