विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । अब क्रिस्टोफर मिलरले रक्षा मन्त्रालयको जिम्मेबारी सम्हाल्नेछन् ।
ट्रम्प अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडेनसँग पराजित भएका थिए तर उनले हार स्वीकार गरेका छैनन् । जनवरी २० मा अमेरिकाका राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७ ०७:४७
प्रतिक्रिया दिनुहोस्