site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपति पदबाट हटेपछि के ट्रम्प जेल जान सक्छन् ?
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडनलाई आफ्नो राष्ट्रपति चुनिसकेका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा दोहोरिन सकेनन् । यो उनको चुनावी हारमात्रै नभएर आगामी दिनमा अनेक कठिनाइ भोग्नुपर्ने देखिएको छ ।

विज्ञहरुकाअनुसार उनको कार्यकालमा भएका कथित घोटालहरुको जाँचबाट राष्ट्रपति पदबाट हटेपछि आपराधिक कारबाहीका साथै अप्ठ्यारो वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ । राष्ट्रपति पदमा बहाल रहँदा उनीविरुद्ध आधिकारिक कार्यहरुका लागि मुद्दा चलाउन सकिँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

पेस युनिभर्सिटीमा कनस्टिच्युसनल लका प्रोफेसर बेनेट गर्शमेनले बीबीसीसँग भनेका छन्, “डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मामिल चलाइने सम्भावना छ ।”

प्रोफेसर बेनेट गर्शमेनले न्युयोर्कमा एक दशकसम्म अभियोक्ताका रुपमा सेवा गरेका थिए । उनी भन्छन्, “राष्ट्रपति ट्रम्पविरुद्ध बैंक धोखाधडी, कर धोखाधडी, मनी लन्ड्रिङ, चुनावी धाँधली जस्ता मामलाहरुमा आरोप लाग्न सक्छ । उनका कामहरुसँग सम्बन्धित जे जति जानकारी मिडियामा आइरहेका छन् ती वित्तीय हुन् ।”

Global Ime bank

यद्यपि, मामिला यतिमा मात्रै सीमित छैन । अमेरिकी मिडिया रिपोर्टहरुका अनुसार ट्रम्पले ठूलो वित्तीय घाटाको सामना पनि गर्नुपर्ने हुन सक्छ । जसमा ठूलो परिमाणमा निजी ऋण र उनका कारोबारका मुस्किलहरु पनि समावेश छन् ।

न्युयोर्क टाइम्सका अनुसार निजी लगानी राम्रो स्थितिमा नभएका बेला आगामी चार वर्षमा ट्रम्पले ३० करोड डलरभन्दा बढी  ऋण चुक्ता गर्नुपर्ने छ ।

तर, राष्ट्रपति ट्रम्प भने आफूमाथि झुठो आरोप लगाइएको दाबी गरेका छन् । “म शत्रुहरुको षड्यन्त्रको सिकार भएँ । राष्ट्रपति बन्नु अघि र पदमा रहँदा अपराध गरेको भनेर ममाथि झुठो आरोप लगाइयो,” उनले भनेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC