site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावमा राज्यले सत्ताको दुरुपयोग गर्‍यो : एमाले
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


काठमाडौं । नेकपा एमालेले सत्तापक्षले निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत दोश्रो चरणको निर्वाचन सकिएलगत्तै एमाले विज्ञप्ति प्रकाशित गरी  अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको दाबी गरेको हो । 

“आजको निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ । । अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ । अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको छ । पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहो¥याइनुले हामीलाई चिन्तित बनाएको छ,” एमाले सचिव योगेश भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै एमालेले सत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन मागसमेत गरेको छ । लोकतन्त्रको सबभन्दा महत्वपूर्ण उत्सवका रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासको पूर्वशर्त भएको बताउँदै एमालेले स्थानीय तहको आज सम्पन्न दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई धन्यवाद दिएको छ । त्यस्तै निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई पनि एमालेले धन्यवाद दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC