site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पको गल्फ मोह, चुनाव हार्दा गल्फकै मैदानमा थिए
Ghorahi CementGhorahi Cement

एजेन्सी । पूरै विश्व अमेरिकी चुनावको अन्तिम नतिजा पर्खिरहेका बेला ट्रम्प भने गल्फ खेल्नमा व्यस्त थिए । गल्फकै लागि विशेष पहिरनमा शनिबार उनी भर्जिनियास्थित आफ्नै कोर्समा गल्फ खेल्न पुगेका हुन् र उनको हारबारे आधिकारिक घोषणा हुँदा पनि उनी मैदानमै रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । 

वास्तवमा गल्फ र ट्रम्पबीचको धेरै पुरानो सम्बन्ध छ । ट्रम्पले १९९९ देखि नै गल्फ कोर्सहरु निर्माण गर्न थालेका थिए । अमेरिकाको राष्ट्रपति बन्नु अगाडि उनका नाममा विश्वभर १७ वटा गल्फ कोर्स थिए र ती कोर्सहरुमा विभिन्न ठूला प्रतियोगिता पनि आयोजना भइसकेका छन् । रिटायर भइसकेका प्रसिद्ध गल्फ खेलाडी ज्याक निक्लासले यस सम्बन्धी भनेका छन्, “गल्फ खेल, ट्रम्पका लागि पैसा भन्दा बढी प्रिय छ ।” 

चार वर्षको कार्यकालमा ट्रम्प आफ्नो गल्फ मोहकै कारण धेरैपटक विवादमा आएका छन् र आलोचित पनि भएका छन् । यसमा उनले आफूलाई ओबामासँग तुलना गर्दै भन्ने गरेका छन्, “मेरो शारीरिक अभ्यास भनेकै गल्फ खेल्नु हो तर म हप्ताभरि यसलाई छुदिनँ र बिदाका दिनमा मात्र छोटो समय रमाइलो गर्ने गर्दछु । ओबामाले म भन्दा धेरैपटक र लामो समयसम्म खेल्ने गर्दथे ।” 

Agni Group

उनले बारम्बार यसो भनिरहँदा यो कुरामा कत्तिको सत्यता छ भनेर अमेरिकी मिडियाहरुले यस विषयमा तथ्यजाँच पनि गरेका थिए जसमा उनले ओबामा भन्दा धेरै गुणा बढी गल्फ खेलेको पाइएको हो । 

२०१६ को चुनाव प्रचार अभियानमा उनले आफू राष्ट्रपति भएपछि गल्फ खेल्ने समय नै नहुने बताएका थिए । तर त्यही भनाइ विपरीत कार्यभार सम्हालेको पहिलो ८ हप्तामै उनले ११ पटकभन्दा बढी गल्फ खेलेका थिए जबकि ओबामाले पहिलो ८ हप्ता एकचोटी पनि गल्फ खेल्न गएको रेकर्ड छैन । 

Global Ime bank

उनी राष्ट्रपति नियुक्त भएको केही दिनमै संघीय अदालतमा राष्ट्रपतिलाई विदेशी सरकारबाट उनको व्यवसायमा भुक्तानी प्राप्त गर्नबाट रोक्न मुद्दा पनि उठाइएको थियो । राष्ट्रपतिले त्यसो गर्नु अमेरिकी संविधानविरुद्ध रहेको बताइएको छ । 

तरपनि उनले सबै नियम उल्लंघन गर्दै २०१७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेलाई फ्लोरिडास्थित आफ्नो कोर्समा गल्फ खेल्न बोलाएका हुन् र आफ्नो नामको रिसोर्टमा बसाएका थिए । यसैगरी २०१६ मा युएसए टुडेले गरेको अनुसन्धानमा पनि विभिन्न लबिइस्ट र कोर्पोरेट प्रमुखहरुले ट्रम्पसँग सम्पर्कमा आउन अनि उनको समर्थन र सहायता पाउनका लागि ट्रम्प गल्फ कोर्सको सदस्यता खरिद गर्ने गरेको पत्ता लागेको थियो । राष्ट्रपति भइसकेपछि ट्रम्पले आफ्नो व्यवसाय, छोराहरु डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई सम्हाल्न दिएका हुन् ।

यसरी ट्रम्पले आफ्नो कोर्सको प्रचारका लागि धेरै मेम्बरसीप बिक्री गर्न बारम्बार गल्फ कोर्स जाने गरेको आरोपसमेत लागेको छ । ट्रम्पको गल्फ कोर्सको सदस्यता मूल्य १ लाख डलर भन्दा बढी हुन सक्छ । त्यसैले पनि उनले गल्फ खेलेको खर्च र त्यसबाट उनको पारिवारिक व्यवसायलाई पुग्ने फाइदाका कारण ट्रम्पको गल्फ मोह विवादमा आउने गरेको छ । यसअघि अमेरिकामा कोरोना संक्रमण तीव्र स्तरमा फैलिइ संक्रमण सङ्ख्या १६ लाख पुगि १ लाखको मृत्यु भइरहेका बेला पनि ट्रम्प गल्फ खेल्न भर्जिनिया पुगेपछि सबैतिरबाट आलोचित भएका थिए । बाइडेनले पनि गल्फ नखेल्ने होइनन् । २०१५ मा गल्फ डाइजेस्टले उनलाई वाशिङटनका शीर्ष १५० गल्फ खेलाडीहरुमा राखेको थियो ।

शनिबार चुनावको निर्वाचन सार्वजनिक हुँदै गर्दा ट्रम्प कोसँग गल्फ खेल्न गएका थिए भन्ने चाहिँ स्पष्ट भएको छैन तर उनले फोटो खिचाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो । खेल्न जानु अगाडि उनले विभिन्न आधारित र आक्रामक ट्वीटहरु गरेका थिए जसमा आफूले सजिलै चुनावको नतिजा नस्वीकार्ने र धाँधली भएको गलत दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाउने धम्की दिएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC