बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रपतिको दौडबाट उपराष्ट्रपति बनेकी कमला को हुन् ?
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, कात्तिक २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं ।  कमला ह्यारिस अमेरिकाकी उपराष्ट्रपतिमा चयन भएकी छन् ।  कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति हुन् । उनले अमेरिकामा इतिहास रच्न सफल भएकी छन् ।

५६ वर्षीया कमला ह्यारिसको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो । उनकी आमा भारतीय मूलकी हुन् भने पिता जमाइकन हुन् जसले उनलाई अमेरिकाको इतिहासकै पहिलो अश्वेत एसियन अमेरिकी महिला उपराष्ट्रपति हुन् । उनले २०२० मा राष्ट्रपतिका लागि समेत उमेदवारी दिएकी थिइन् र डिसेम्बरमा मात्र चुनावको दौडबाट बाहिरिएकी हुन् । 

Agani Group

यसपछि अगस्टमा बाइडेनले उनलाई २०२० को निर्वाचनमा उपराष्ट्रपतिका लागि मनोनयन गरेका थिए । २०१२ मा ह्यारिसले डेमोक्रेटिक नेसनल कन्भेन्सनमा दिएको भाषण धेरैका लागि अझै पनि यादगर मानिन्छ जसले नै उनको राष्ट्रिय प्रोफाइल बढाइदिएको विश्वास गरिएको छ । यसपछि २०१५ मा अमेरिकी सिनेटमा निर्वाचित हुँदा उनले आफ्नो प्रचार अभियानमा आप्रवासन अनि अपराधिक न्याय सम्बन्धी नीतिहरुमा सुधार आवश्यक रहेको बताएकी थिइन् भने न्युनतम पारिश्रमिक बढाउने, महिलाहरूको प्रजनन अधिकारलाई सुरक्षित राख्ने जस्ता विषयलाई पनि प्राथमिकतामा राखेकी थिइन् ।

यसमार्फत उनले २०१६ को चुनावमा सहज जित हासिल गरि सिनेट पद ग्रहण गरेकी हुन् । यसरी २०१६ मा डेमोक्रेट पार्टीबाट सिनेटका लागि निर्वाचित हुने उनी पहिलो भारतीय अमेरिकी र दोस्रो अफ्रिकी अमेरिकी महिला बनेकी हुन् । त्यो भन्दा अगाडि उनी महान्यायधिवक्ता थिइन् । उनले यसअघि धेरैपटक कोरोना महामारीको व्यवस्थापन सम्बन्धी ट्रम्पको नीतिको आलोचना गरिसकेकी छन् भने सरकारलाई वैज्ञानिक र विज्ञहरुको कुरा बढी सुन्न अपील गर्दै आएकी छन् । 

sarbottam cement

उनले सुरक्षित र स्वस्थ समुदायहरु सिर्जना गर्न अश्वेत समाजमा पनि शैक्षिक र आर्थिक लगानी आवश्यक रहेकामा जोड दिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, कात्तिक २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्