site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जो बाइडेन : ओबामाको बिरासत थाम्नेछन् !
Sarbottam CementSarbottam Cement

एजेन्सी । ‘यदि हामीले डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आठवर्ष रहन दियौँ भने उनले यो देशको छवि अनि हामी आज जे छौँ त्यसलाई सधैँका लागि बदलिदिनेछन्, र म कदापी त्यस्तो भएको हेरेर बस्न सक्दिन’ – बाइडेन 

डेमाक्रेट पार्टीका ७७ वर्षीय जो बाइडेन अमेरिकाका ४७ औँ उपराष्ट्रपति हुन् । र यो निर्वाचनमा जित हासिल गरेर बाइडेन तेस्रोपटक ह्वाइट हाउस प्रवेश गर्दैछन् ।

तर यसपटकको लडाई १९८७ र २००८ भन्दा धेरै फरक छ । २००८ मा पनि बाइडेन डमोक्रेटिक उमेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए र पछि मात्र यसबाट बाहिरिँदै ओबामाको साथ दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ओबामाको ८ वर्ष लामो कार्यकालमा बाइडेन प्रायः उनको साथैमा देखा पर्दथे जसकारण पनि ‘अफोर्डेबल केयर एक्ट’ अनि आर्थिक मन्दीको प्रतिक्रियामा ‘स्टिमुलस प्याकेज’ लगायत ओबामाले सुरु गरेका सुधारगत् कार्यक्रमको विरासत थाम्न उनलाई सबैभन्दा योग्य मानिएको छ । 

अमेरिकाका पहिला अश्वेत राष्ट्रपतिको समर्थनमा दुई कार्यकाल बिताउनुले बाइडेनको राजनीतिक यात्रामा वास्तवमै धेरै ठूलो परिवर्तन ल्याएको मानिन्छ । यसका साथै ओबामासँग दाजुभाइको जस्तो सम्बन्धले उनलाई अफ्रिकी अमेरिकीहरुको समर्थन पनि दिलाएको छ । 

Global Ime bank

बाइडेनले आधा शताब्दी भन्दा लामो समय सार्वजनिक सेवा क्षेत्रमा बिताइसकेका छन् जुन अनुभव ओबामा प्रशासनमा अधिक उपयोगी साबित भएको थियो । 

१९७२ मा डेलावेरबाट अमेरिकी सिनेटका रुपमा निर्वाचित हुँदा उनी अमेरिकी इतिहासकै छैठौँ सबैभन्दा कम उमेरका सिनेटर बनेका थिए ।  अहिले चाहिँ उनी राष्ट्रपति भएमा अमेरिकी इतिहासकै सबैभन्दा बढी उमेरका राष्ट्रप्रमुख हुनेछन् ।  बाइडेनले १९९१ मा गल्फ युद्धको विरोध गरेका थिए तर पनि नाटो सहकारितालाई विस्तार गर्ने कुरालाई भने समर्थन गरेका हुन् । उनले १९८८ र २००८ मा पनि राष्ट्रपति निर्वाचनका लागि उमेदवारीता दिएका थिए । 

आर्थिक मन्दीको प्रतिक्रिया स्वरुप बाइडेनले २००९ मा संरचना खर्च सम्बन्धी सबै गतिविधि निरीक्षण गरेका थिए जसलाई उनको सफल कार्यशैलीको उदाहरण बताइँदै आएको छ ।  २०१२ मा उनले आफू समलिङ्गी विवाहसँग पूर्णरुपमा सहज भएको बताएपछि  विश्वव्यापी चर्चामा आएका थिए । त्यतिबेला राष्ट्रपति ओबामाले समेत यो विषयमा आफ्नो धारणा व्यक्त गरिसकेका थिएनन् र बाइडेनको भनाइको केही दिनपछि मात्र सहमति जनाएका थिए । 

व्यक्तिगत जीवनको कुरा गर्नुपर्दा मध्यम वर्गीय परिवारबाट आएका बाइडेनको जीवनमा धेरै दुःखद् घटनाहरु घटेका छन् । १९७२ मा सिनेटको दौडमा पहिलो जित हासिल गरेको केही दिनमै उनकी पहिलो पत्नी र सानी छोरीको कार दुर्घटनामा परि मृत्यु भएको थियो ।  जसपछि उनले दुर्घटनाबाट बचेका आफ्ना दुई साना छोराहरु लिएर अस्पतालबाटै शपथ ग्रहण गरेका थिए । 

सो घटनाले त्यसबेला देशव्यापी ध्यानाकर्षण गराएको थियो । तर ती मध्येका कान्छा छोराको पनि २०१५ मा ब्रेन क्यान्सर भइ मृत्यु भएको हो ।  जसकै कारण बाइडेनले सुलभ स्वास्थ्य सेवालाई सबैभन्दा प्राथमिकतामा राख्दै आएको बताउने गरेका छन् ।  चुनाव प्रचार अभियानमा पनि उनले आफ्ना व्यक्तिगत जीवनका घटनाहरु धेरैपटक बताइसकेका छन् । 

आज तिनै अनुभवले बाइडेनलाई उदार, संयम र पारिवारिक व्यक्तिको छबि दिलाएको छ ।  र महामारीले बाइडेनको धैर्यताको झन बढी परीक्षा लिएको देखिन्छ ।  तर पनि उनले सुरुवातदेखि नै अत्यन्तै सावधानीपूर्वक चुनाव प्रचार अभियान सञ्चालन गर्दै आए जुन ट्रम्पका ठुल्ठुला र्याली भन्दा ठीक विपरीत शैली थियो । यही रणनीतिले बाइडेनलाई जिम्मेवार राजनीतिज्ञको छवि दिलाउँदै मतदाताहरुलाई प्रभावित गर्न पनि सफल भएको देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC