site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन विजयी भएका छन् । 

राष्ट्रपतिका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सलभानियामा बाइडेनले जित हासिल गरेसँगै उनको २७३ इलेक्टोरल कलेज मत प्राप्त गरेका हुन् ।

सन् २०२० को निर्वाचनमा बाइडेन विजयी भएसँगै सन् १९९० पछि एक कार्यकाल मात्र अमेरिकी राष्ट्रपति बन्‍ने ट्रम्प पहिलो व्यक्ति बनेका छन् । 

Global Ime bank

यस वर्ष सन् १९०० पछि पहिलो पटक अमेरिकामा सबैभन्दा बढी मत खसेका थिए । 

बाइडेनले सात करोड ३० लाख मत प्राप्त गरेका छन् । यो अमेरिकी इतिहासकै सबैभन्दा दोस्रो ठूलो मत हो ।

यसअघि मत गणना जारी रहँदै राष्ट्रपति उमेदवार ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । उनले मतगणनामा समेत अनियमितता भएको आरोप लगाएका छन् । तर, उनले कुनै पनि प्रमाण पेश गर्न सकेका छैनन् । 

ट्रम्पको अभियानले विभिन्‍न राज्यहरुमा धाँधली भएको भन्दै कानुनी उपचारको खोज्दै उजुरी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC