site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अमेरिकी निर्वाचन : मतगणना जारी रहेका ६ राज्यहरुको अवस्था के छ ? 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना ६ वटा राज्यहरुमा जारी रहेको छ । ४४ राज्यमा सम्पन्‍न भएको नतिजा अनुसार डेमोक्रेटिक उमेदवार जो बाइडेनले अग्रता कायम गरेका छन् । 

बाइडेनले २५३ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ कुल इलेक्टोरल कलेज मतमध्य २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बाइडेनलाई जितका लागि १७ इलेक्टोरल कलेज मत आवश्यक छ भने ट्रम्पलाई ५६ इलेक्टोरल कलेज मत आवश्यक छ । शुक्रबार साँझ उनले आफ्नो जित निश्‍चित भएको उल्लेख गर्दै आफूलाई काम गर्न अमेरिकी मतदाताहरुले काम गर्न जनादेश दिएको बताएका छन् । 

मतगणना जारी रहेका राज्यहरुमध्ये पेनसलभानियामा बाइडेनले २८ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । यस राज्यमा २० इलेक्टोरल कलेज रहेका छन् । यस राज्यमा जितेमा मात्रै पनि बाइडेनको जित निश्‍चित छ । 

Global Ime bank

त्यसैगरी एरिजोनामा पनि बाइडेनले २९ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । नेवाडामा पनि बाइडेनले नै अग्रता कायम गरेका छन् । उनले नेवाडामा २२ हजार ६५७ मतले अग्रता लिएका छन् । 

जर्जियामा पनि बाइडेन ७ हजार २४८ मतले अघि रहेका छन् । अधिकारीहरुले जर्जियामा साँघुरो अग्रता भएका कारण पुन: मतगणना गरिने भएको छ ।

त्यसैगरी अलास्का र नर्थ क्यारोलिनामा भने ट्रम्पले अग्रता कायम गरेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC