site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 बाइडेनले पेन्सलभानियमा मात्रै जिते पनि राष्ट्रपतिमा निर्वाचित हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकामा सम्पन्‍न राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । ब्याटलग्राउण्ड राज्यहरु अलास्का, एरिजोना, नर्थ क्यारोलिना, नेवाडा, जर्जिया र पेन्सलभेनियाको अन्तिम मत परिणाम आउन बाँकी छ ।

मतगणना जारी रहेका राज्यहरुमा एरिजोना, नर्थ क्यारोलिना, नेवाडा र जर्जियामध्ये कुनै दुई राज्यमा जिते डेमाक्रेटिक उमेदवार जो बाइडेन अमेरिकाका आगामी राष्ट्रपति बन्ने छन् । उनले पेन्सलभेनियामा मात्रै जिते पनि अमेरिकाको आगामी राष्ट्रपति बन्ने निश्चित छ ।

बाइडेनले जर्जियामा महत्वपूर्ण अग्रता कायम गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका प्रतिद्वन्द्वी रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका राज्यहरु मध्ये एरिजोना, नर्थ क्यारोलिना, नेवाडा र जर्जियामा कुनै तीन राज्यसँगै पेन्सलभानियामा जित हात पारे दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने छन् ।

ट्रम्पले एरिजोना, नेवाडा, नर्थ क्यारोलिना र पेन्सलभेनिया राज्यमा जित निकाले मत परिणाम बराबरी हुने छ ।

Global Ime bank

अमेरिकाका ५० राज्यमध्ये ४४ राज्यको मतगणना सम्पन्न भइसकेको छ । ४४ राज्यको मतगणनाको मत परिणामअनुसार डेमोक्रेटिक उमेदवार जो बाइडेनका पक्षमा दुई सय ५३ इलेक्टोरल कलेज र रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पको पक्षमा दुई सय १४ इलेक्टोरल कलेज आएका छन् ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि पाँच सय ३८ मध्ये दुई सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ । - बीबीसी

 

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC