site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वैध मतगणना गर्ने हो भने मैले नै चुनाव जित्छु : ट्रम्प
Ghorahi CementGhorahi Cement

वासिङ्‍टन । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका जो बाइडेन दुवैले आफूले अग्रता लिइरहेको दाबी गरिरहेका छन् । चुनावको अन्तिम परिणाम आउन बाँकी भए पनि दुवै पक्ष कानुनी लडाइँ लड्ने तयारीमा जुटेका छन् ।

इलेक्टोरल कलेजको संख्याका हिसाबले कैयौं महत्त्वपूर्ण राज्यको मतगणना बाँकी छ । तिनै राज्यले चुनावी नतिजा तय गर्नेछन् । मतगणनाको पछिल्लो परिणामअनुसार मिसिगन र विसकन्सिनमा बाइडेनले अग्रता लिइरहेका छन् ।

Agni Group

पेन्सलभेनियाको नतिजा अझै आइसकेको छैन । विस्कन्सिन, मिसिगन र पेन्सल्भेनिया राज्यहरुको नतिजाले बाइडेनको जित सुनिश्चित गर्न सक्छ । यी तीनै राज्यले बाइडेनको जित सुनिश्चित गर्नेछन् ।

उता ट्रम्पको चुनावी अभियानले भने नेभाडा, विसकन्सिन, जर्जिया, पेन्सिलभेनिया र मिसिगनमा पुनः मतगणना गर्नुपर्ने बताइरहेको छ । ती राज्यमा मतगणनाका क्रममा धाँधली भएको ट्रम्प पक्षको आरोप छ ।

Global Ime bank

नेभाडा र एरिजोनामा पनि बाइडेनको अग्रता छ । जर्जियामा मतगणना जारी छ । यहाँ दुवै उमेदवारबीचको मतान्तर कम भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गरेर वैध मत गणना गरिए आफूले चुनाव जित्ने दाबी गरेका छन् । उनले चुनावका विषयमा आफू अदालतसम्म पुगेको उल्लेख गर्दै चुनावमा भएको धाँधली स्वीकार्य नहुने बताए । उनले पोस्टल ब्यालेट विनाशकारी हुनसक्ने आफूले पहिल्यै बताएको पनि बताए ।  

ट्रम्पले एरिजोनामा ८८ प्रतिशत मत गणना गर्दा आफूले अग्रता लिइरहेको दाबी गरेका छन् । यद्यपि त्यहाँ बाइडेनले अग्रता लिइरहेका छन् ।

ट्रम्पले भनेका छन्, “चुनावको पवित्रताका विषयमा सम्झौता गर्न सकिँदैन । चुनावको नतिजाका लागि सायद हामीले कानुनी प्रक्रियाबाट अघि बढ्नुपर्छ होला । आशा छ नतिजा चाँडै परिवर्तन होला । यस विषयमा फैसला जजहरुले लिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC