site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई ओलीको आग्रह– पार्टी एकताको रक्षा गर्न उभिनुस्, गुटबन्दी बन्द गर्नुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकताको रक्षा गर्न आग्रह गरेको छन् । पार्टी अध्यक्ष समेत रहेका ओली र प्रचण्डको बिहीबार भेटवार्ता भएको थियो । छलफल तिक्ततापूर्ण अन्त्य भएको नेताहरूले बताएका छन् ।

खासगरी प्रधानमन्त्री ओलीले प्रचण्डलाई गुटबन्दी बन्द गर्न र पार्टी एकताको पक्षमा उभिन आग्रह गरेको स्रोतको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्री ओलीले भदौ २६ गतेको स्थायी कमिटीको निर्णयअनुसार पार्टी एकताको रक्षा गर्न उभिनुस् भनेर प्रचण्डलाई आग्रह गर्नुभएको छ,” स्रोतले बाह्रखरीसँग भन्यो, “प्रण्डले सचिवालयका चारजना सदस्यहरूलाई बोलाएर सधैं छलफल गरेकोमा प्रधानमन्त्रीको आपत्ति थियो ।

“चारजना सचिवालयका सदस्यहरू बोलाउँदै कहिले घरमा कहिले बाहिर, कहिले कहाँ बैठक गरिरहनुभएको छ, यसरी पार्टी एकताको रक्षा हुनसक्दैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

Global Ime bank

प्रधानमन्त्रीले तपाईं र हाम्रो सम्बन्ध पार्टी एकताको सम्बन्ध भएकाले यसको जगेर्ना गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।

“यस्तै गुटबन्दी गरे पार्टी एकता जोगिँदैन । पार्टी एकताको रक्षा गर्न उभिनुस्,” ओलीको आग्रह थियो । ओलीले प्रचण्डले पार्टी काम नगरेकामा पनि असन्तुष्टि प्रकट गरेको नेताको भनाइ छ । “तपाईं कार्यकारी अध्यक्ष भएर पार्टी सञ्चालन गर्नुभएको होइन ? खोइ गरेको ?,” ओलीको भनाइ थियो ।

प्रचण्डले ओलीलाई पनि गुटबन्दी गरेको आरोप लगाएका थिए । खासगरी बुधबार प्रदेश नम्बर एक कमिटीका आफूनिकट सदस्यहरूसँग गरेको भर्चुअल मिटिङबारे प्रचण्डको चासो थियो । बुधबार ओलीको प्रधानमन्त्रीबाट राजीनामा मागेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै प्रचण्डले कसले राजीनामा मागेको भन्दै प्रश्न गरेको उनीपक्षीय नेता बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC