site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कस्ता बिरामीलाई हुन सक्छ ‘लङ कोभिड’ ?
Ghorahi CementGhorahi Cement

बीबीसी । कोभिड-१९ सम्बन्धी वैज्ञानिकहरूले गरेका हालसम्मका अध्ययनहरुमा २० मध्ये एक संक्रमित लङ कोभिडको सिकार हुने गरेको र कम्तीमा पनि आठ सातासम्म बिरामी पर्ने गरेको पत्ता लागेको छ ।

किङ्स कलेज लन्डनको अनुसन्धानमा विशेषगरी बढी उमेरका, सुरुवाती संक्रमणमा धेरैथरीका लक्षण देखाउने, अधिक तौल भएका र दमका बिरामीहरूलाई लङ कोभिड हुने सम्भावना अधिक हुने गरेको पाइएको छ । लङ कोभिडसम्बन्धी अध्ययन गर्नुको उद्देश्य भनेकै ती बिरामी पहिचान गर्ने संकेत पत्ता लगाउनु हो जसलाई संक्रमण भएपछि लामो समयसम्म त्यसको असर रहिरहने हुँदा अरुभन्दा अतिरिक्त उपचारको आवश्यक पर्नेछ ।

त्यसैले वैज्ञानिकहरूले यी खोजमार्फत कस्ता बिरामी कोभिडबाट लामो समय बिरामी परिरहन सक्छन् भन्‍ने पहिचान गर्न सकिने डाटा संकलन गरेका हुन् । यसको नतिजा केही समयमै प्रकाशित गरिने बताइएको छ । यसको निष्कर्षमा कोभिडको लामो प्रभाव जोसुकैमा पनि देखा पर्न सक्छ तर केही निश्‍चित पक्षहरूले यसको जोखिम बढाइदिने सक्ने पत्ता लागेको छ ।

Agni Group

के-ले बढाउँछ लङ कोभिडको जोखिम ?
किङ्स कलेज लन्डनका अनुसन्धानकर्ता डा. क्लेर स्टिभ्सले बीबीसीसँगको कुराकानीमा भनेका छन्, “यसको सबैभन्दा मुख्य कारक, संक्रमित भएको पहिलो साता नै यदि कसैलाई कोरोनाका पाँच फरक लक्षण छ भने लङ कोभिड हुने सम्भावना बढी हुन्छ । ” उनका अनुसार कोभिड-१९ केबल रुघाखोकी मात्र होइन यो भाइरसले शरीरका अरु अङ्‍गमा पनि असर पुर्‍याइ समस्या गराउने गर्छ । र यो रिसर्चका अनुसार ती बिरामी जसलाई संक्रमणको सुरुवातमा रुघाखोकीका साथै थकान, टाउको दुख्‍ने, झाडापखाला, गन्ध अनि स्वाद थाहा नहुनेलगायत थुप्रै सम्भावित लक्षण देखा पर्छन् उनीहरू खोकी मात्र लाग्‍ने बिरामीको तुलनामा, धेरै लामोसमयसम्म कोभिडले बिरामी पारिरहन सक्छ ।

त्यस्तै यसमा उमेरले पनि प्रभाव पार्ने बताइएको छ । विशेषगरी ५० वर्षभन्दा माथिका र महिलाहरू संक्रमण भएपछि लङ कोभिडको सिकार हुने सम्भावना अधिक रहेको बताइएको छ । डा. स्टिभ्स भन्छन्, “हामीले सुरुवाती डाटाहरूबाट के थाहा पायौं भने पुरुषहरू कोरोनाबाट संक्रमित भएपछि गम्भीर बिरामी पर्ने र मृत्यु हुन सक्नेको बढी जोखिममा हुन्छन् तर महिलाहरूमा चाहिँ लङ कोभिड हुने सम्भावना धेरै हुन्छ ।” यसमा लङ कोभिडलाई दम र फोक्सोको रोगबाहेक अन्य कुनै पूर्वस्वास्थ्य समस्यासँग जोडिएको थिएन ।

Global Ime bank

अनुभवमा लङ कोभिड कस्तो हुन्छ ?
लङ कोभिडका लक्षणहरू व्यक्तिअनुसार फरक हुने गर्छ तर प्रायः मानिसहरूमा थकान बढी देखापर्ने गरेको छ । 

४८ वर्षीय भिकी बोर्नलाई मार्चतिर हल्का खोकी र ज्वरोबाट संक्रमण सुरु भएको थियो जुन अहिले सात महिना बितिसक्दा अत्यन्तै चिन्ताजनक अवस्थामा परिणत भएको छ । हाल उनलाई सास फेर्नमा धेरै संघर्ष गर्नु परिरहेको छ र कतिपय अवस्थामा त प्यारामेडिकबाट अक्सिजन आवश्यक पर्ने गरेको छ ।

उनी अहिले अस्पताल भर्ना भएकी छैनन् तर पछिल्लो सात महिना उनी कोभिडसँग लडिरहेकी छन् । भिकीको स्वास्थ्यमा बिस्तारै सुधार आइरहे पनि शारीरिक रुपमा उनमा धेरै बदलाव देखापरेको छ र बेलाबेलामा सिकिस्त बिरामीको लहरबाट समेत गुज्रिने गरेकी छन् । उनलाई कुकुर डुलाउन जाँदा समेत धेरै गाह्रो पर्ने गरेको छ जसबेला उनी बोल्नै नसक्ने हुन्छिन् । 

उनीले बीबीसीसँगको कुराकानीमा भनेकी छन्, “मलाई एकदम अनौठो अनुभव भइरहेको छ । पहिले मलाई अचानक जोर्नीहरू दुख्‍न थाल्यो र दुई साताअगाडि मैले स्वाद र गन्ध थाहा पाउन छाडेँ । मलाई मेरो शरीरभित्र के पोलिरहेको जस्तो हुन्छ । यो आउँछ अनि केही समयपछि जान्छ अनि फेरि आउँछ । पूर्ण रुपमा हराउन सकेको छैन । ”

यस्तो अनुभव गर्ने भिकी एक मात्र बिरामी होइनन् । अहिलेसम्मका अध्ययनहरूमा यस्तो पत्ता लागेको छ :
- कोभिडका बिरामीमा सातमध्ये एकजना कम्तीमा पनि चार साता बिरामी पर्ने गरेका छन् ।
- २० मध्ये एकजना आठ सातासम्म बिरामी हुने गर्छन् र
- ४५ मध्ये एक बिरामीचाहिँ १२ सातासम्म पनि कोभिडबाट बिरामी परिरहने गरेका छन् ।

यसबीच किङ्स कलेजका अनुसन्धानकर्ताहरूले एउटा कम्प्युटर कोड निर्माण गरेका हुन् जसले कोरोना संक्रमित भएको सुरुवातमै ‘लङ कोभिड’ को बढी जोखिममा हुने बिरामी पत्ता लगाउनेछ । यसले शत्‌प्रतिशत नतिजा नदेखाउने भए पनि पछि गएर लङ कोभिड विकसित हुने ६९ प्रतिशत मानिसहरूको सही पहिचान गर्न सक्छ ।

यसका साथै छिटै निको हुने तर पनि लङ कोभिड हुन सक्ने एक चौथाइभन्दा बढी मानिसहरूबारे पनि बताउन सक्ने भनिएको छ । यसले लङ कोभिडबाट गुज्रिरहेका संवेदनशील बिरामीहरूलाई अतिरिक्त स्वास्थ्य उपचार र रोकथामका उपायहरू अपनाउनमा धेरै मद्दत पुग्‍ने डा. स्टिभले बताए ।

कोभिड लक्षणसम्बन्धी अध्ययनमा संलग्‍न प्रोफेसर टिम स्पेक्टरले भनेका छन्, “कोभिडका कारण भइरहेको मृत्यु अवश्य पनि चिन्ताजनक छ तर हामीले महामारी पूर्ण नियन्त्रणमा नआउन्जेल यसबाट लामो समय प्रभावित हुने लङ कोभिडका बिरामीहरूलाई पनि उत्तिकै महत्त्वका साथ हेर्नुपर्ने हुन्छ । ”

यसबारे बेलायतका स्वास्थ्य तथा सामाजिक सेवाका सचिव म्याट हेनककले भनेका छन्, “ कोभिड लक्षणसम्बन्धी रिसर्चहरूलाई ध्यानमा राख्दै सबैले के याद गर्नुपर्छ भने, कोरोनाले कसैमाथि पनि भेदभाव गर्ने छैन र स्वस्थ मान्छे अनि युवाहरूमा पनि यसको धेरै लामो र विनाशकारी असर पर्न सक्नेछ ।” यसअघि बेलायतको एनएचएसले लङ कोभिडको क्लिनिकका लागि भनेर झन्डै एक करोड पाउन्डबराबरको प्याकेज घोषणा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC