बाह्रखरी
sticky  ncell
British college
British college
प्रवास प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
 साउदी अरेबियामा बहिर्गमनको अधिकारलाई वृद्धि गर्न श्रम सुधारको योजना सुरु 
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, कात्तिक १९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । साउदी अरेबियाले हालै मुख्य श्रम सुधारको योजना सुरु गरेको छ । उक्त योजनाअन्तर्गत रोजगारीको गतिशीलतालाई अनुमति दिँदै रोजगारदाताहरुको स्वीकृति बिना प्रवासी कामदारहरु बाहिर जान र पुनः प्रवेश भिसा जारी गर्ने नियमनको सुरुवात गरेको हो ।

साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले भनेको छ, "श्रम सुधार पहलले मजदुर र रोजगारदाताबीचको सम्झौताको सम्बन्ध बढाउन र राज्यमा आकर्षक रोजगारी बजार स्थापना गर्न सहयोग पुर्‍याउने छ ।"

Global bank

Agani Group

उक्त सुधारको योजना २०२१ मार्च १ अर्थात यहि फागुन १७ गतेबाट लागु हुने छ । उक्त योजना सबै प्रवासी कामदारहरूलाई लागु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाइएको छ, "सम्झौताको सम्बन्धका दुबै पक्षको अधिकार संरक्षणको लागि विशेष नियन्त्रण उपायहरू प्रस्तुत गरिने छ ।"

कर्मचारी गतिशीलताले प्रवासी कामदारहरूलाई रोजगारदाताको स्वीकृति बिना बाध्यकारी काम अनुबन्धको म्याद समाप्त भएपछि रोजगारदाता बीच हस्तान्तरण गर्न अनुमति दिनेछ । प्रवेश र पुनः प्रवेश भिसा सुधारले प्रवासी श्रमिकहरू स्वीकृति बिना साउदी अरेबिया बाहिर यात्रा गर्न सक्ने मन्त्रालयले वताएको छ ।

sarbottam cement

अन्तिम वहिर्गमन भिसा सुधारहरूले रोजगारदाताबाट स्वीकृति लिई रोजगारी सम्झौता समाप्त भएपछि विदेशी कामदारलाई राज्य छाड्न अनुमति दिनेछ जसलाई इलेक्ट्रोनिक रूपमा सूचित गरिनेछ ।

मन्त्रालयले श्रम सुधारको योजनाले राज्यको श्रम बजारको लचिलोपन, प्रभावकारिता र प्रतिस्पर्धात्मकता बढाउन खोजेको बताएको छ ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, कात्तिक १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्