site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ब्याटलग्राउन्ड स्टेट विसकन्सिनमा बाइडेनको अग्रता 
Ghorahi CementGhorahi Cement

विसकन्सिन । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना चलिरहेको छ । जसमा डेमोक्रेटिक उमेदवार जो बाइडेनको अग्रता कायमै रहेको छ । 

ब्याटलग्राउन्ड स्टेट विसकन्सिनमा सम्पन्‍न भएको ९९ प्रतिशत मतगणना अनुसार डेमोक्रेटिक उमेदवार बाइडेन अग्रता रहेको छ । उनले रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पभन्दा विसकन्सिनमा २० हजार मतले अग्रता कायम गरेका छन् । 

यसअघि सन् २०१६ को निर्वाचनमा ट्रम्पले हिलारी क्लिन्टनलाई विसकन्सिनमा ३० हजारभन्दा कम मतले पराजित गरेका थिए । 

Agni Group

बाइडेन साँघुरो अग्रताम भए पनि उनी विसकन्सिनमा जित नजिक रहेको बीबीसीले जनाएको छ । 

यसअघिदेखि व्हाइट हाउसको निर्णायकका लागि विसकन्सिनका मतदाताहरुको निर्णयले महत्वपूर्ण भूमिका खेल्दै आएको थियो । 

Global Ime bank

बीबीसीका अनुसर हालसम्म बाइडेनले २२४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने ट्रम्पको २१३ इलेक्टोरल कलेज मत रहेको छ । ५३८ कुल इलेक्टोरल कलेज मत भएको अमेरकामा २७० इलेक्टोरल कलेज मत ल्याउने व्यक्ति अमेरिकाको राष्ट्रपतिमा निर्वाचन हुन्छ । 

यसअघि सन् २०१६ मा ट्रम्पले ३०४ इलेक्टोरल मत ल्याएका थिए भने हिलारीले २२७ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए । 

हालसम्म ४१ वटा राज्यको मतगणना सकिएको छ भने ९ वटा राज्यको मतगणना बाँकी रहेको छ ।  - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC