site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय पत्रकार अर्नव गोस्वामी घरबाटै पक्राउ
Sarbottam CementSarbottam Cement

मुम्बई । मुम्बई प्रहरीले रिपब्लिक टीभीका सम्पादक अर्नब गोस्वामीलाई बुधबार घरबाटै पक्राउ गरेको छ ।  समाचार एजेन्सी एएनआईका अनुसार गिरफ्तारीका क्रममा आफ्नी पत्नी, छोरा र सासू-ससुरामाथि समेत प्रहरीले हातपात गरेको गोस्वामीको आरोप छ ।

यसैबीच रिपब्लिक टीभी च्यानलका केही स्क्रिनसट यतिबेला सामाजिक सन्जालमा भाइरल बनाइएका छन् जसमा प्रहरी गोस्वामीको घरमा पसेर त्यहाँ केही झडप भएको देख्‍न सकिन्छ । सो भिडियोमा उनलाई भ्यानमा राखेर पुलिसले लैजाँदै गरेको देखिएको छ । रिपब्लिक टीभीले दाबी गरेअनुसार गोस्वामीलाई पहिले नै बन्द भइसकेको मुद्दाका लागि गिरफ्तार गरिएको छ । जसकारण घटना विवादास्पद बन्‍न पुगेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रीहरुलगायत केही हाई-प्रोफाइल व्यक्तिहरुले अहिले यस घटनाप्रति निन्दा व्यक्त गर्दै सत्ताको दुरुपयोग भएको आरोपसमेत लगाइरहेका छन् । प्रहरीले भने के कारणले उनी गिरफ्तार भएको भन्‍ने आधिकारिक जानकारी दिएको छैन । यस घटनासँगै अहिले ट्‌विटरमा अर्नब गोस्वामीको नाम शीर्ष स्थानमा ट्रेन्ड भइरहेको छ ।

यता अभिनेत्री कंगना रनौतले पनि यससम्बन्धी ट्‌विटरमार्फत प्रतिक्रिया दिँदै विरोध जनाएकी छन् । केन्द्रीय सूचना प्रशारणमन्त्री प्रकाश जावडेकरले यो घटनाले आपत्‌कालीन समयको याद दिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । मुम्बईमा प्रेस पत्रकारितामाथि भएको यस किसिमको हमलालाई उनले निन्दनीय ठहर गरेका हुन् ।

Global Ime bank

केन्द्रीय रेलमन्त्री पीयूस गोयलले पनि यो घटना प्रेस स्वतन्त्रतामाथिकै ठूलो हमला भएको भन्दै विरोध जनाएका छन् । उनले ट्‌विटरमार्फत गोस्वामीलाई त्यसरी पक्राउ गर्नु सत्ताको दुरुपयोग गरिएको स्पष्ट उदाहरण भएको बताएका हुन् ।

अर्कोतर्फ शिवसेना सांसद सञ्‍जय रावतले चाहिँ अर्नब गोस्वामीविरुद्ध जारी कारबाहीको महाराष्ट्र सरकारसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । सरकारले कहिल्यै पनि बदलाको भावनाले कारबाही नगर्ने हुनाले पनि घटना कुनै हिसाबले अराजक नभएको उनले बताएका हुन् ।

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ 

अर्का मन्त्री रविशंकर प्रदादले चाहिँ गोस्वामीको गिरफ्तारीसम्बन्धी महाराष्ट्र सरकारमाथि प्रश्‍न उठाएका छन् । उनले यो घटनालाई चिन्ताजनक र अनुचित ठहर गरेका हुन् । यता केन्द्रीयमन्त्री स्मृति इरानीले पनि ट्‌विट गर्दै यस मुद्दामा अर्नवको साथ नदिनेहरु दमनको पक्षमा भएको बताएकी छन् । उनका कुराहरुसँग सहमत नभए पनि प्रेस स्वतन्त्रताको विषयमा चुपचाप बस्नेहरु वास्तवमै फाँसीवादका समर्थक भएको उनले लेखेकी छन् । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC