site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यसकारण विभाजित छन् अमेरिकी मतदाता 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अहिले अमेरिकाका अधिकांश राज्यमा मतदान प्रक्रिया समाप्त भइसकेको छ । कतिपय राज्यमा मत परिणाम आउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेन र ट्रम्प दुवैले जित सुनिश्चित गर्न स्वीङ स्टेटहरुमा अग्रता हासिल गर्नुपर्ने हुन्छ जहाँका मतदाताहरुले समर्थन गर्ने पार्टी बदलिरहने गर्दछन् । र, देशव्यापी एक्जिट पोलको नतिजा हेर्दा यसपटक अमेरिकी मतदाताहरु देशको अर्थतन्त्रलाई लिएर सबैभन्दा बढी  विभाजित रहेको देखिएको छ भने आधाभन्दा बढी कोरोना महामारीबाट पनि प्रभावित भएको बताएका छन् । 

यसमा एक तिहाइ बढी मतदाताहरुले आर्थिक विषय आफूहरुका लागि सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् र पाँच मध्ये एकले चाहिँ जातीय असामनताको मुद्दा पनि प्राथमिकतामा राखेर मत हालेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

झन्डै १० मध्ये एकजनाले स्वास्थ्य सेवाको नीति र हिंसा पनि पछिल्लो समय चासोको विषय बन्दै गएको स्वीकार गरेका छन् । 

तर पनि प्रायले कोरोनाभाइरसको नियन्त्रण भन्दा अर्थतन्त्र पुनः निर्माण गर्नुलाई बढी महत्व दिइ आफ्नो उमेदवार रोजेको बताएका छन् । 

Global Ime bank

त्यसैगरी आधाबढी मतदाताहरुले आफ्नो भोट गन्ती हुनेमा विश्वास जनाएका छन् । अहिलेसम्मको पोल नतिजा हेर्दा प्रमुख युद्धभूमी मानिएको फ्लोरिडामा नजिकी अन्तरले ट्रम्प बाइडेनभन्दा केही अगाडि रहेको पोलले देखाएको छ । 

यसबाहेक अन्य स्वीङ स्टेट, जर्जिया, नर्थ क्यारोलिनालगायतबाट नतिजा प्राप्त हुनै बाँकी छ । बाइडेनले फ्लोरिडाबिना अन्य क्षेत्रबाट पनि आफ्नो स्थान सुनिश्चित गर्न सक्छन् । जसकारण नतिजा अधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

प्रायः मतदाताहरु मास्क लगाएरै उपस्थित भएका थिए भने सामाजिक दुरी पनि कायम गरिएको छ र मतदान प्रक्रियामा कुनै किसिमको अवरोध या हिंसा नभएको पनि बताइएको छ जसबारे यसअघि चिन्ता व्यक्त गरिएको थियो । 

विजयी घोषणा हुन भने अझै केही दिन लाग्नेछ । उक्त ऐतिहासिक नतिजाले नै हाल महामारीको चरम संकटबाट गुज्रिरहेका अमेरिकीहरुको भविष्य निर्धारण गर्नेछ जहाँ पछिल्ला केही महिनामा बेरोजगारको सङ्ख्या लाखौँ पुगेको छ भने जातीय तनाव अनि राजनीतिक गतिविधिमा पनि ठुल्ठुला उतारचढाव देखिएको छ । 
यसका साथै जलवायु परिवर्तनलगायतका केही अन्तर्राष्ट्रिय मुद्दामा पनि अमेरिकी निर्वाचनले धेरै ठूलो प्रभाव पार्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC