बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
 कंगना र उनकी दिदीलाई नोभेम्बर १० भित्र मुम्बई प्रहरी वृत्तमा हाजिर हुन आदेश
बाह्रखरी - मंगलबार, कात्तिक १८, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । मुम्बई प्रहरीले बलिउड अभिनेत्री कंगना रनौट र उनकी दिदी रंगोली चंदेललाई बयानका लागि हाजिर हुन बोलाएको छ । उनीहरुलाई नोभेम्बर १० भित्र हाजिर हुन भनिएको हो । न्यूज एजेन्सी एएनआईले यसबारे ट्विट गर्दै जानकारी दिएका हुन् । 

कंगनाविरुद्ध मुम्बईको बान्द्रा प्रहरी वृत्तमा उजुरीपछि मुम्बई प्रहरीले समन (बयानका लागि प्रहरी वृत्त बोलाएको पत्र) पठाइएको हो । स्थानीय अदालतको आदेशमा मुम्बई प्रहरीले कंगना र उनकी दिदि रंगोली विरुद्ध १७ अक्टोबर मा एफआईआर दर्ता गरेको थियो । उनीहरु विरुद्ध सामाजिक सञ्जालमा गरेका पोस्टहरु मार्फत साम्प्रदायिक तनाव फैलाएकोलगायत अन्य आरोप लागेको छ । 

Rohto Landing

Agani Group

बान्द्रा मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले बलिउड निर्देशक मुनावर अली सय्यदको उजुरीमा मुम्बई प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएको हो । 

एक प्रहरी अधिकारीका अनुसार उनीहरु विरुद्ध भारत दण्ड संहिताको धारा १५३ ए (धर्म, जाति आदिको आधारमा विभिन्न समुदाय बिचमा झगडा बढाउनु), २९५ ए (जानाजानी धार्मिक भावनामा चोट पुर्‍याएको) र १२४ ए (देशद्रोह) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

sarbottam cement

मुद्दामा भनिएको छ, “अभिनेत्री कंगनाले पछिल्लो २ महिनादेखि टिभीमा दिएको अन्तर्वाता र ट्विटर मार्फत ‘भतीजवादको गढ’, ‘भेदभावको बढावा’ आदि भनेर बलिउडको बदनाम गरिरहेको छ । उनले निकै आपत्तिजनक टिप्पणी गरिन, जसले उजुरीकर्तालाई मात्र नभई धेरै कलाकारहरुको धार्मिक भावनालाई पनि चोट पुर्‍यायो ।” - नवभारत टाइम्स

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, कात्तिक १८, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्